scheduleमगलवार पौष ३ गते, २०७५

‘मैलेमात्रै रियल मड्रिडको जिम्मेवारी लिएको छैन’

काठमाडौँ, २८ कात्तिक । रियल मड्रिडका स्टार खेलाडी मार्को एसिन्सोले आफुमाथि भएको टिकाटिप्पणीबारे प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘सम्पुर्ण टिमको जिम्मा मेरो मात्र होइन । मभन्दा पनि धेरै जिम्मेवारी लिने खेलाडीहरु पनि रहेका छन् । मेरोमात्र आलोचना किन ?’

गएको सिजन उत्कृष्ट खेल प्रदर्शन गरेका एसिन्सो यस सिजन भने फर्ममा रहेका छैनन् । स्पेनिस लिगमा रियल छैटौँ स्थानमा रहेको छ । तर, एसिन्सो भन्छन्, ‘अरुले भनेजस्तो रियल त्यति धेरै सकटमा रहेको पनि छैन । यस सिजन अन्य टोलीको खेल पनि त्यति उत्कृष्ट रहेको छैन । बार्सिलोना भन्दा हामी धेरै पछि पनि छैनौँ ।’

उनले भनेका छन्, ‘रियलको टिममा मभन्दा धेरै अनुभवी र जिम्मेवार खेलाडीहरु रहेका छन् । मेरोभन्दा पनि उनीहरुको टिमप्रति जिम्मेवारी धेरै रहेको छ । जब नयाँ प्रशिक्षक नियुक्त भए तब मैले खेल्ने अवसर अति नै कम पाए । मैले पर्याप्त समय खेल्न नपाएका कारण पनि मेरो फर्ममा समस्या देखिन सक्छ । तर, मलाई दोषी देखाउन भने मिल्दैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob