scheduleमगलवार कार्तिक २६ गते, २०७६

प्रचण्ड-बादलको तातो फोटोप्रति सामाजिक सञ्जालमा चिसो टिप्पणी


काठमाडौं, २८ कात्तिक । यो हप्ता सामाजिक सञ्जाल र डिजिटल पत्रिकाहरु सम्बन्धको उतारचढावमा रहेका पूर्वमाओवादी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलको तस्बिरहरु रंगिए । अर्धनग्न भएर तातोपानीमा स्नान गरेको तस्बिर र नेताद्वयले मन्दिरमा आरती गरेको तस्बिरमाथि फरक फरक प्रतिक्रिया आए ।
हेरौं केही प्रतिनिधि प्रतिक्रियाहरु-
खगेन्द्र संग्रौला-
भौतिकवादी नास्तिक हुँ भन्ने पुकदा र राबथा गलित मनोदशामा गलेश्वरको सभक्ति पूजा गर्दै । यो गाईछापे धर्मभीरू हिन्दु मान्यवर मण्डले कमल थापाको पथ हो। पुकदा-राबथा छलाङको गतिमा राप्रपा कमलतर्फ गतिमान् । हैट्, पतनका दृश्यहरूको रमिता पनि कति हेर्नु !

बुद्धि कार्की

रामेश

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने प्रचण्डको पक्षमा तर्क अगाडि सारेका छन् । उनी भन्छन्-

यी हुन् केही प्रतिनिधि स्ट्याटसहरुले । प्रतिक्रियाहरुमा खासगरी तीनवटा पक्ष जोडदाररुपमा उठाइएको छ ।
एक. प्रचण्ड-बादलले निजी कामको लागि सेनाको हेलिकप्टर दुरुपयोग गरेको ।
दुई. भौतिकवादको पक्षपोषण गर्ने कम्युनिष्ट नेताहरुले मन्दिरमा आरती गरेको ।
तीन. अर्धनग्न तस्बिरमा देखिएको ठूलो भूँडी र सर्वहारा नेताको संकथनबीचको अन्तरविरोध ।

कतिपयले यो व्यक्तिगत मामिला भनेका छन् भने कतिपयले सेनाको हेलिकप्टर दुरुपयोगको कुरा उल्लेख गरेका छन् । यद्यपि, यति धेरै प्रश्न उठ्दा पनि प्रचण्ड र बादलको सचिवालयले खर्चको स्रोतबारे स्पष्टीकरण दिएको छैन ।

पत्नीको उपचारको लागि सिंगापुरसम्म पुगेका प्रचण्ड स्वदेशमै उपचारको लागि पुग्नुलाई सकरात्मकरुपमा लिन सकिन्छ । तर खर्चको स्रोतको बारेमा अपारदर्शिता भने प्रश्न गर्न लायक छ । सरकार खर्चमा गएको हो भने आलोच्य काम प्रचण्ड-बादलले गरेका छन् । यदि निजी खर्च गरेको हो भने प्रश्न गर्न सक्ने केही आधारहरु रहन्छन्-
१. निजी खर्चमा जाने हैसियत कसरी बन्यो ?
२. हेलिकप्टर नचढी पनि पुग्न सकिने सम्भावना छ । सर्वहारा वर्गको नेताको पगरी पनि चाहने र यस्तो जीवनशैली पनि चाहने अन्तरविरोधी क्रियाकलापमाथि प्रश्न स्वभाविक नै लाग्छन् ।

कतिपयले प्रचण्ड असल नेता भए पनि नभए पनि असल पति र पिता चाहिँ भएको टिप्पणी गरेका छन् । परिवारका सदस्यका लागि जस्तोसुकै मूल्य चुक्ता गर्न पनि पछि नपर्ने प्रचण्डको शैलीलाई यहाँ संकेत गर्न खोजिएको छ ।

मन्दिरमा पुग्दा त्यहाँको प्रचलनअनुसार पूजाआजा गर्नुलाई आस्थासँग जोड्ने प्रवृत्ति भने आलोच्य छ । पूँजा नगर्दा पनि क्रिश्चियन भनेर आरोप लगाउने, मन्दिरको प्रचलनलाई एउटा पाहुनाले पालना गर्दा पनि आलोचना गर्ने प्रवृत्ति गलत भएको टिप्पणी सामाजिक सञ्जालमै देखिएका छन् ।

यो भ्रमणबाट प्रचण्ड-बादलको सम्बन्ध र उनीहरुको पारिवारिक समस्या समाधान होला नहोला तर, म्याग्दीको तातोपानीको पनि मनग्य प्रचारप्रसार भएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage