रियल मड्रिडको प्रशिक्षकमा सोलारी नियुक्त
काठमाडौँ, २८ कात्तिक । संकटमा रहेको स्पेनिस क्लब रियल मड्रिडले सान्टियागो सोलारीलाई सन् २०२१ सम्मको लागि प्रशिक्षकमा नियुक्त गरेको छ ।
पुर्व प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा उनी नियुक्त भएका थिए । उनी नियूक्त भएपछि रियलले राहतको सास फेर्न पाएको थियो । सोलारीले ४ खेलमा सुखद् नतिजा निकालेपछि क्लबले उनैलाई प्रशिक्षको स्थायी जिम्मेवारी दिएको हो ।
मंगलबार बसेको रियल मड्रिडको बोर्ड बैठकले अर्जेन्टिनाका प्रशिक्षक सोलारीलाई सन् २०२१ को जुन ३० सम्म रहने गरि नियुक्ती दिएको क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।