scheduleसोमवार भाद्र २ गते, २०७६

डान्सबारबाट ३५ बालबालिकाको उद्दार, प्रहरी नियन्त्रणमा ३ सञ्चालक


काठमाडौं, २८ । महानगरीय प्रहरी वृत्त, लैनचौरले एक डान्सबारबाट ३५ जना बालबालिकालाई उद्धार गरेको छ ।

वृत्तका प्रमुख डीएसपी गौतम केसिका अनुसार ‘अपरेशन रेस्क्यू अन्डर एज’ लैनचौरको डान्सबारबाट ती बालबालिकाको उद्धार गरिएकव छ । लैनचौरमा रहेको युनिक र बेबो डान्स बार एण्ड लाउन्सका ३ जना सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ बालबालिका ऐन लागू भएपछि प्रहरीले उक्त कानुनको कार्यान्वयन गर्ने क्रममा उक्त काम गरिएको हो । प्रहरीले सञ्चालकले ती बालबालिकाहरुलाई बारमा यौनजन्य क्रियाकलापका साथै डान्सर र कामदारको रुपमा प्रयोग गरेको बताएको छ ।

केसीले यो अभियानलाई तीव्रता दिने जानकारी दिए । काठमाडौंमा यस्ता डान्सबारहरु प्रशस्तै सञ्चालनमा रहेको र अधिकांशमा कानुनको उल्लंघन गरिएको प्रहरीको बुझाई छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage