scheduleआइतवार भाद्र २९ गते, २०७६

चीनमा फेला पर्‍यो बफादार कुकुर ह्याचिकोको अर्को अवतार (हेर्नुहोस् भिडियो)

एजेन्सी, २८ कात्तिक । बफादारीको उदाहरण पेश गर्ने जापानी कुकुर ह्याचिकोको सत्य कथा धेरैले सुन्नु भएको होला । यस सत्यघ टनामा आधारित रहेर हलिउडमा फिल्म ‘ह्याचिको’ पनि निर्माण भएको दशकौं बितिसकेको छ ।

ह्याचिकोको मृत्यु भएको वर्षैपछि पुनः यस्तै एउटा अर्को कुकुर देखा परेको छ जसले त्यस्तै बफादारीको नमूना पेश गरेको छ ।

ह्याचिको जस्तै चीनमा एउटा कुकुरले आफ्नो मालिक्नीको मृत्यु भएको सडकमा ८० दिनभन्दा धेरै समय प्रतिक्षामा बिताएको छ । चीनको अनलाइन कम्युनिटीमा उक्त दृश्य भाइरल भएको छ । यो घटना इनर मंगोलियाको होहोत शहरको हो ।

यस भिडियोलाई चीनमा करिब १६ लाख पटक हेरिसकेको छ ।

एक स्थानीय ट्याक्सी चालकका अनुसार मानिसहरु उक्त कुकुरलाई मद्दत गर्न चाहन्छन् ।

ट्याक्सी चालकले भने, ‘कुकुर र उसको मालिक्नीको सम्बन्ध निकै गहिरो थियो । ऊ मरिसकेपछि कुकुर गार्ड जसरी नै बसिरहेको छ । म उसलाई सधै देख्छु, उ सधैं यो बाटोमा बसिरहेको हुन्छ । कुकुर र मानिसको सम्बन्ध निकै गहिरो हुन्छ ।’

हेर्नुहोस् भिडियो-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage