scheduleमगलवार पौष ३ गते, २०७५

जसले बेचे उनैले चोरे भैंसी

काठमाडौँ, २९ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेका नवीन उप्रेतीको ब्याउने बेलाको भैंसी कार्तिक २४ गते राति चोरियो । आफ्नो डेढ लाख पर्ने भैंसी खोज्न तिहारलगत्तै उनी सक्रिय भए । उनी भैंसी खोज्दै पर्साको सखुवा प्रसौनी पुगे । त्यहीं उनले भैंसी फेला पारे ।

उनको भैंसी चोरेर लगेका थिए आफ्नै घरमा नियमित आउने भैंसी ब्यापारी ५० वर्षीय दौलत राउतले । भैंसी चोरिनु दुई दिनअघि राउत उप्रेतीको घर पुगेका थिए । चोरिएको भैंसी प्रहरीको सहयोगमा फेला परेपछि उप्रेतीको खुशी फर्किएको छ । चोरिएको भैंसी भेटिएपछि उनलाई राहत मिल्यो ।

चोरी भएको भैंसी प्रहरी सहयोगमा फिर्ता ल्याइएको छ । भैंसी राउतको घरमा भेटिएपछि उप्रेती परिवारले प्रहरीमा खबर गरे । पर्सा प्रहरीले राउतलाई पक्राउ गरी भैंसीसमेत इलाका प्रहरी कार्यालय मनहरीलाई बुझाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob