scheduleमगलवार पौष ३ गते, २०७५

युइएफएले च्याम्पियन्स लिग प्रतियोगिताबाट पिएसजी क्लबलाई निकाल्न सक्ने

काठमाडौँ, २९ कात्तिक । स्टार खेलाडीहरुले भरिएको फ्रान्सेली क्लबलाई ठुलै झट्का लाग्ने भएको छ । एक मिडिया रिपोर्टमा अनुसार च्याम्पियन्स लिगबाट फ्रान्सेली क्लब पीएसजीलाई आयोजक युईएफएले निकाल्न सक्ने सम्भावना प्रवल रहेको छ ।

मिडिया रिपोर्टका अनुसार उपाधि जित्ने भन्दै खेलाडी किनबेचमा क्लबलाई छुट्टाइएको बजेटभन्दा बढी पैसा खर्च गरेपछि पीएसजीलाई प्रतियोगिताबाटै निकाल्ने कुरा बाहिर आएको हो।

ब्राजिलियन स्टार नेयमार तथा फ्रान्सेली स्टार किलियन एम्बाप्पेको खेल भविष्य पनि अन्धकारमा पर्नसक्ने बताइएको छ ।

युईएफले यसअघि पनि पीएसजीलाई आर्थिक सीमा नाघेको भन्दै चेतावनी पत्र पठाइसकेको छ । त्यसमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी पनि परेको थियो । तर, सिटी भन्दा पनि पीएसजी उक्त कार्यमा अघि रहेको कारणले गर्दा युईएफएले बाध्य भएर पीएसजीलाई प्रतियोगिताबाटै निकाल्न सक्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob