scheduleमगलवार पौष ३ गते, २०७५

प्रिमियर लिगमा क्लाउडियो रानिएरीको कमव्याक

काठमाडौँ, २९ कात्तिक । प्रिमियर लिगका १२ खेलमा झुर खेल प्रदर्शन गरेपछि फुलहमले अन्तत प्रशिक्षक स्लाभिसा जोकानोभिचलाई बर्खास्त गर्दै प्रिमियर लिग विजेता लेष्टर सिटीका पुर्व प्रशिक्षक रानिएरीलाई नियुक्त गरेको छ । केही वर्ष अगाडि प्रिमियर लिग क्लब लेइसेस्टर सिटीलाई प्रिमियर लिग उपाधि जिताउन सफल उनलाई क्लबले संकट पार लगाउने विश्वासका साथ नियुक्त गरेको बताएको छ । प्रिमियर लिग उपाधि जिताए पनि अर्को सिजन खराब खेल प्रदर्शन गरेपछि लेइसेस्टर उनलाई बर्खास्त गरेको थियो ।

लिगको २० औँ स्थानमा रहेको फुलहम १२ खेलमा १ जितसहित ५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

रानिएरीको नेतृत्वमा फुलहमले नोभेम्बर २४ मा साउथह्याम्पटनविरुद्ध खेल्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob