scheduleबुधवार श्रावण १ गते, २०७६

दीपिका र रणवीरको विवाह आज इटलीमा सम्पन्न हुँदै

एजेन्सी, २९ कात्तिक । बलिउडका प्रेम जोडी दिपिका पादुकोन र रणवीर सिंह इटलीको कोमो लेकस्थित एउटा भव्य रिसोर्टमा विवाह बन्धनमा बाधिँदैछन् ।

अहिले ट्वीटर लगायत अन्य सामाजिक सञ्जाल यी जोडीको नाम र उनीहरुलाई दिइएको वैवाहिक शुभकामनाहरुले भरिएको छ ।

यी जोडीले हालसम्म तीन फिल्ममा एकसाथ अभिनय गरेका छन् जसमा ब्लकबस्टर बाजिरो मस्तानी, पद्मावत र गोलियौंका रासलिला रामलिला जस्ता फिल्महरु पर्छन् ।

फोर्बस म्याग्जिनको अनुसार पछिल्लो वर्ष यी जोडीले संयुक्तमा दुई करोड दश लाख डलरको कमाई गरेका थिए ।

दुवैको विवाह समारोह बुधबार पनि भएको थियो जुन यी दुई अभिनीत पहिलो फिल्म ‘‘गोलियोका रासलिला राम लिला’को पाँचौं वार्षिकी पनि परेको थियो ।

विवाहमा कुनै पनि पत्रकार र मिडियाालाई निमन्त्रणा दिइएको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob