scheduleशनिवार आश्विन ४ गते, २०७६

एप्पल र फेसबुकको लडाईं, फेसबुकका कर्मचारीलाई आइफोन प्रयोग नगर्न उर्दी

एजेन्सी, ३० कात्तिक । सामाजिक सञ्जाल फेसबुकका कर्मचारीहरुले एप्पल आइफोनलाई छोडेर एन्ड्रोएड फोन प्रयोग गर्न शुरु गरेका छन् । आइफोनमा कुनै कमजोरी भएर ती कर्मचारीहरुले त्यसलाई त्यागेका होइनन् । फेसबुकका संस्थापक मार्क जुकरवर्गले आइफोनको प्रयोग नगर्न कर्मचारीलाई आह्वान गरेपछि उनीहरुले त्यसो गरेका हुन् ।

एप्पलका सिइओ टिम कुकले फेसबुकको आलोचना गरेपछि जुकरवर्गले त्यस्तो आह्वान गरेका हुन् । यसबारे न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टमा खुलासा भएको छ ।

न्यूयोर्क टाइम्सको अनुसार टिम कुकले एमएसएनबिसिलाई दिएको एउटा अन्तरवार्तामा फेसबुकको आलोचना गरेका थिए । जब टिमलाई उक्त अन्तरवार्तामा क्यामब्रिज अनालाइटिका मामलामा प्रश्न गरियो तब उनले गोपनियता मानव तथा नागरिक अधिकार भएको बताउँदै फेसबुकले प्रयोगकर्ताको डाटाबाट पैसा कमाउने तर एप्पलले त्यसो नगर्ने र अरुको व्यक्तिगत जीवनमा प्रवेश नगर्ने बताएका थिए ।

टिम कुकको त्यस्तो बयानपछि मार्क उनीसँग निकै रिसाएका थिए । त्यसपश्चात् मार्कले आफ्नो कर्मचारीलाई एप्पलको सट्टा एन्ड्रोएड प्रयोग गर्न आह्वान गरेका हुन् ।

साथै मार्कले एप्पलको तुलनामा एन्ड्रोएडको यूजरबेस निकै राम्रो भएको बयान दिए । त्यसपछि हाल दुई कम्पनीबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage