scheduleमगलवार आश्विन २८ गते, २०७६

अमरत्व प्राप्त गरेको पृथ्वीको यो अद्भूत प्राणी, यस्ता छन् विशेषता

एजेन्सी, ३० कात्तिक । पृथ्वीमा विभिन्न किसिमका जीवनहरु छन् । यिनीहरु सबैको फरक विशेषताका कारण सबै आकर्षणको केन्द्रविन्दू रहेका छन् । कसैको बनावट सुन्दर छ भने कसैको कुरुप, कसैको भीमकाय त कसैको सूक्ष्म । तर पृथ्वीमा एउटा यस्तो जीव पनि अस्तित्वमा छ जून बाँकी जीवभन्दा अपवादमा छ र यसले प्रकृतिको अटल नियमलाई तोड्ने क्षमता राखेको छ ।

तपाईलाई विश्वास नलाग्न सक्छ तपाईले सानो कक्षामा अध्ययन गर्दा सुन्दै र पढ्दै आउनुभएको ‘जेल्ली फिस’ उसको अमरत्व गुणको लािग विख्यात छ ।

जेल्ली फिस समुद्रमा पाइने एकप्रकारको माछा हो । पृथ्वीमा यसको प्रजाति १५ सयभन्दा धेरै छन् । यो हेर्दा पारदर्शी किसिमको हुन्छ यसको शरीरमा ९५ प्रतिशत भाग पानीले ओगटेको हुन्छ ।

जेल्ली फिस एउटा अमर जीव हो । किनभने यदि यसलाई तपाईले काटेर मार्ने प्रयास गर्नु भयो भने जति टुक्रा काट्नु हुन्छ त्यो प्रत्येक टुक्राबाट नयाँ जेल्ली फिस उत्पन्न हुन्छ । जेल्ली फिसको यो गुण अप्राकृतिक भएको कारण यसले अमरत्व प्राप्त गरेको छ यद्यपी यसको वास्तविक प्राकृतिक आयु भने ६ देखि १२ महिनासम्मको हुन्छ ।

हेर्दा सामान्य देखिने यो जीव मानिसका लागि निकै खतराजनक छ । यसको एक डसाईले क्षणभरमै मानिसको प्राण लिन्छ । तर यो समुद्रको धेरै गहिरो सतहमा बस्छ । सूर्यको किरण पनि जहाँ पुग्न सक्दैन । भनिन्छ यो जीवको अस्तित्वको इतिहास मानिसको भन्दा धेरै पुरानो छ । यस डायनसोरको समयदेखि पृथ्वीमा अस्तित्वमा छ ।

जेल्ली फिसको दिमाग हुँदैन यसकारण यसले आफ्नो अगाडी कुनै पनि खतरालाई महसुस गर्न सक्दैन र सधै निस्फीक्री बाँच्छ ।

जेल्ली फिसको औसत लम्बाई ६ फिटसम्म हुन्छ र जसको तौल दुई सय किलोग्रामसम्म हुन्छ । हालसम्म सबैभन्दा ठूलो जेल्ली फिस अमेरिकाको समुद्रमा पाइएको थियो, त्यसको लम्बाई ७.५ फिट र जूंगाको लम्बाई १२० फिट लम्बाई थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage