scheduleबिहिवार श्रावण २ गते, २०७६

पौडेलको निष्कर्ष- कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ

फाइल फोटो

पर्सा, ३० कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।

नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ ले आज पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा गरे ।

उनले कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउने सकिने भए पनि यसतर्फ सरकारको ध्यान नरहेको बताए ।

विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकालाई पार्टीमा स्वागत गर्दै वरिष्ठ नेता पौडेलले मधेश आन्दोलनका घाइते र सहादत प्राप्त भएकालाई राहत प्रदान गर्न नेपाली काङ्ग्रेसले आयोग गठन गर्ने बताए ।

उनले आन्दोलनमा मारिएका आश्रित परिवारलाई रु ५० लाख दिने घोषणा गरेका नेताहरु सत्तामा पुगेपछि सबै बिर्सिएकाले जनताको सच्चा साथीका रुपमा रहेको काङ्ग्रेसले चाँडै आयोग बनाई आन्दोलनका क्रममा पीडित भएकाको समस्यालाई सम्बोधन गर्ने ठोकुवा गरे । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob