scheduleबिहिवार भाद्र ५ गते, २०७६

पत्रकारको पक्षमा अदालतको फैसला, प्रेस पास फिर्ता गर्न ट्रम्पलाई आदेश


एजेन्सी, १ मंसिर । अमेरिकाको एक अदालतको फैसलासँगै सीएनएनका वरिष्ठ पत्रकारले खोसिएको प्रेस पास फिर्ता पाउने भएका छन् ।

सीएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टाको प्रेस पास गत हप्ता ह्वाइट हाउसभित्रैबाट ट्रम्पको निर्देशनमा खोसिएको थियो । अदालते राष्ट्रपति ट्रम्पलाई उक्त प्रेस पास ससम्मान फिर्ता गर्न आदेश दिएको हो ।

एउटा पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसको वातावरण बनेपछि उनको प्रेस पास खोसिएको थियो । मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्मविरुद्ध सीएनएनको तर्फबाट अदालतमा मुद्दा परेकाले जिम एकोस्टाको प्रमाणपत्र फिर्ता गर्नुपर्ने बताएका थिए । फैसलासँगै अदालतले पत्रकारको अभिव्यक्तिको स्वतन्त्रता हुने काम नगर्न पनि ह्वाइट हाउसलाई निर्देशन पनि दिएको छ ।

अदालतको फैसलाप्रति पत्रकार पत्रकार जिम एकोस्टाले प्रशन्नता व्यक्त गरेका छन् । उनले यो फैसला अमेरिकी पत्रकारिताका लागि ठूलो दिन भएको प्रतिक्रिया दिए । अदालतको आदेशपछि ह्वाइट हाउसले जिम एकोस्टालाई प्रेस पास फिर्ता गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage