scheduleबिहिवार बैशाख १२ गते, २०७६

नाजी तानाशाह हिटलर र यहूदी बालिका रोजाबीच यस्तो छ मित्रताको अद्भूत कहानी

एजेन्सी, २ मंसिर । सतही रुपमा हेर्दा एउटा बच्चालाई अंगाल्न लागेको यो तस्वीर निकै सुन्दर छ तर सन् १९३३ ताका लिइएको यो तस्वीरको कहानी निकै रोचक र ऐतिहासिक छ ।

वास्तवमा यो तस्वीर जर्मन नेता र ६० लाख यहूदीहरुको हत्याको जिम्मेवार क्रुर शासक अडल्फ हिटलर र एउटी यहूदी मूलकी बालिका रोजा बर्नाइल निनाओको हो ।

बरिष्ठ नाजी अधिकारीहरुको हस्तक्षेपसम्म हिटलरले त्यस बालिकासँग धेरै वर्षसम्म मित्रताको सम्बन्धलाई कायम राखे तर पछि सबै समाप्त भयो ।

मैरील्याण्डस्थित एलेक्जेण्डर हिस्टोरिकल अक्शन एजेन्सीको अनुसार, हैनरिक हाँफम्यानले उक्त तस्वीर खिँचेका थिए । यस तस्वीरलाई अमेरिकामा गएको मंगलबार ११ हजार ५२० डलरमा निलामी गरियो ।

निलामी गर्ने व्यक्ति बिल पैनागोपुलस हुन् । पैनागोपुलसले डेली मेलसँग कुरा गर्दै भने, ‘यो हस्ताक्षरित तस्वीरलाई पहिले कसैले देखेको छैन ।’

यो तस्वीरको विशेषता भनेको यसमा त्यस यहूदी बालिका र हिटलरको मित्रता वास्तविक देखिएको छ । बिल भन्छन्, ‘हिटलर धेरैसो बच्चाहरुसँग प्रचारको उदेश्यले फोटो खिचाउँथे ।’

२० अप्रिलमा आफ्नो जन्मदिनको अवसरमा हिटलर र यी बालिकाको भेट भएको थियो ।

अक्सन वेभसाइटको अनुसार रोजा र उनकी आमा कैरोलिन १९३३ मा बालिकाको जन्मदिनको दिन आल्प्स स्थित हिटलरको निवास ‘बर्गोस’ को बाहिर भीडमा उभिएकी थिइन् ।

भनिन्छ जब हिटलरलाई त्यस दिन रोजाको जन्मदिन भएको थाहा भयो तब उनले रोजा र उनकी आमालाई आफ्नो निवासभित्र बोलाएर उक्त तस्वीर लिएका थिए ।

केही समयपछि रोजाकी आमा कैरोलिन यहूदी भएको थाहा भयो तर पनि त्यसले हिटलर र त्यस बालिकाको सम्बन्धमा कुनै दरार उत्पन्न गराएन । हिटलरले आफै नै आफ्नो हस्ताक्षरसहित उक्त तस्वीर रोजालाई पठाएका थिए ।

हिटलरले तस्वीरमा लेखेका थिए, ‘प्रिय रोजा निनाओ, एडल्फ हिटलर, म्यूनिख, १६ जून, १९३३’

पछि रोजाले उक्त तस्वीरमा आफै कालो र सेतो रंगको फुल स्ट्याम्प लगाएर बनाएकी थिइन् ।

१९३५ देखि १९३८ को बीचमा रोजाले हिटलर र उनको निकट विलहेम ब्रक्नरलाई कम्तिमा पनि १७ पटक पत्र लेखिन् । तर पछि हिटलरका निजी सचिव मार्टिन बाँर्मनले रोजा र उनको आमासँग सम्बन्ध नराख्न हिटलरलाई भने ।

फोटोग्राफर हाँफमैनको अनुसार त्यस्तो आदेशबाट हिटलर खुशी थिएनन् ।

आफ्नो पुस्तक ‘हिटलर माई फ्रैण्ड’ मा हाँफमैनले हिटलरले उनलाई भनेको केही यस्ता वाक्य लेखेका छन्, ‘केही यस्ता पनि मानिसहरु छन् जसको असली कला मेरो सबै खुशी बर्बाद गर्नु हो ।’

हिटलरका निजी सचिवको तर्फबाट रोजा र हिटलरको सम्पर्क बन्द गराएको अर्को वर्ष द्वितीय विश्वयुद्ध शुरु भएको थियो । जब ६ वर्षपछि युद्ध अन्त्य भएको थियो तब ६० लाख यहूदीहरु मारिसकेका थिए ।

युद्धको समयमा रोजाको पनि मृत्यु भयो । हिटलरसँग भेट भएको एक दशकपछि, १९४३ मा म्यूनिखको एक अस्पतालमा १७ वर्षको उमेरमा रोजाको पोलियोको कारण मृत्यु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob