scheduleशनिवार आश्विन ४ गते, २०७६

‘फायर च्यालेन्ज’: इन्टरनेटका लागि हात डडाउँदैछन् किशोर किशोरीहरु

एजेन्सी, २ मंसिर । किशोर अवस्थाका मानिसहरु अहिले इन्टरनेटमार्फत आफूतर्फ ध्यान खिँच्नका लागि आफ्नै हातमा आगो लगाइरहेको खुलासा भएको छ ।

मूर्खताले भरिएको हाल इन्टरनेटमा भाइरल भैरहेको एउटा च्यालेन्जलाई ‘फायर च्यालेन्ज’ भनिएको छ । यसअन्तर्गत युवाहरु आफ्नो हातलाई आगोको ज्वालामा राखेर भिडियो बनाउँदै सोसल साइटहरुमा पोस्ट गरिरहेका छन् ।

बेलायतको वेल्स राज्यमा अस्पतालहरुमा यस्ता धेरै मामिलाहरु सामुन्ने आएका छन् । यो सनकी चुनौती २०१४ मा पहिलोपटक सोसल साइट्समा देखा परेको थियो जुन अहिले आएर पुनः सबैको टाउको भूत बनी सवार भएको छ ।

स्वानसिया मोरिसटन अस्पतालका विशेषज्ञ कर्मचारीहरुले गम्भीर जलनसँगै अस्पतालमा भर्ना हुने किशोर किशोरीहरुको संख्यामा अहिले वृद्धि भैरहेको बताएको छ ।

अस्पतालले यस्ता विभिन्न चुनौतीहरुका बारेमा विवरण दिन नचाहे पनि अनलाइनहरुमा भएको खोजी अनुसन्धानले यसको खुलासा गरेको छ ।

यस्तो अनौठो ट्रेण्डलाई पछ्याउने क्रममा अगस्ट महिनामा एक १२ वर्षिया बालिकाको ४९ शरीरको भाग जलेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage