scheduleआइतवार भाद्र १ गते, २०७६

५ वर्षीय बालिकादेखि २२ वर्षीय किशोरीसम्म ४ जना बलात्कृत

काठमाडौं, ३ मंसिर । काठमाडौं महानगरपालिका–६ महाँकालस्थित जेसर होटलमा कागेश्वशरी मनहरा नगरपालिका–७ मुलपानीकी २२ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा कालोपुल बस्ने भारत कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यस्तै रुपन्देही देवदह नगरपालिका–७ खैरेनी बस्ने २१ वर्षीया किशोरीलाई शुक्रबार बुटवल उपमहानगरपालिका–९ स्थित होटल दारसिमा लगि जबरजस्ती करणी गरिएको छ । सोही अभियोगमा सोही ठाउँस्थित महेन्द्रपुल बिशालनगरमा पसल गरी बस्ने कास्की पोखरा लेखनाथ महानगरपालिका–११ का ३७ वर्षीय मनोज श्रेष्ठ र सोही ठाउँ बस्ने उनको साथी ३६ वर्षीय मनोज श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सिन्धुली दुधौली नगरपालिका–५ बस्ने ७ वर्षीया बालिकालाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने कालुमान भन्ने चन्द्रमान तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सुनसरी धरान उपमहानगरपालिका–१४ दुईधारे चुम्लुङ डाँडा बस्ने ५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय फागुहाङ लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यी सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage