scheduleआइतवार भाद्र २९ गते, २०७६

कम्प्युटर नै प्रयोग गर्न नजान्ने यस्ता छन् जापानका साइबर सुरक्षामन्त्री

एजेन्सी, ३ मंसिर । एउटा व्यक्तिले जब कुनै मन्त्रालयको जिम्मेवारी सम्हाल्छ भने उसबाट उक्त मन्त्रालयको विषयमा विज्ञताको अपेक्षा गरिन्छ । केही नभए पनि आधारभूत ज्ञानको भने अपेक्षा गरिएकै हुन्छ ।

तर जापानका साइबर सुरक्षा मन्त्रीले आफ्नो देशको लागि तब ठूलो समस्या खडा गरिदिए जब उनले आफूलाई कम्प्यूटर प्रयोग गर्न नआउने बताए ।

जापान उच्च प्रविधि सम्पन्न मुलुकका साइबर सुरक्षा मन्त्री सेकुराडाले यो वास्तविकता कानून निर्माता समिति समक्ष कबूल गरे ।

जापानको क्योडो समाचार एजेन्सीमा प्रकाशित समाचारको अनुसार मन्त्रीले भने, ‘किनभने म २५ वर्षको थिए र स्वतन्त्र थिए मैले आफ्नो कर्मचारी र सचिवहरुलाई निर्देशन दिए । मैले कहिल्यै जीवनमा कम्प्यूटर प्रयोग गरेको छैन ।’

६८ वर्षका मन्त्री योशिटाकालाई पछिल्लो महिनामा यस पदका लागि नियुक्त गरिएको हो । उनलाई २०२० मा टोकियोमा आयोजित हुने ओलम्पिक गेम्ससँग जोडिएका साइबर सुरक्षा तयारीका लागि जिम्मेवारी सुम्पिएको छ ।

विपक्षी दलका नेताले उनको वयानमाथि आपत्ती जनाएपछि उनले आफ्ना अन्य अधिकारीहरुसँग यसबारे राम्रो ज्ञान भएको कारण समस्या नहुने दिलासा समितिलाई दिए ।

तर जब उनलाई समितिले एउटा प्रश्न सोध्यो तब त्यो मामिला अझ बढि चिन्ताजनक बन्यो । उनलाई प्रश्न गरिएको थियो कि ‘के देशको परमाणु उर्जा केन्द्रमा पेन ड्राइबको प्रयोग हुन्छ ’ । त्यसको जवाफ दिन उनलाई निकै गाह्रो भएको थियो ।

योशिटाकाको यो जानकारी जब सामाजिक सञ्जालहरुमा आयो तब उनको चर्चा खूब भयो । नागरिक तथा अन्तराष्ट्रिय सञ्चार माध्यममा पनि उनी निकै ठूलो चर्चा र चासोको विषय बनेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage