scheduleमगलवार कार्तिक २६ गते, २०७६

सिकागो अस्पतालमा गोली चल्दा चिकित्सकसहित चारको मृत्यु

एजेन्सी, ४ मंसिर । अमेरिकाको सिकागो शहरमा एकजना बन्दुकधारीले गोली चलाउँदा चारजनाको मृत्यु भएको छ । गोली चल्दा अस्पतालका दुईजना महिला कर्मचारी, एकजना प्रहरी अधिकारी र बन्दुकधारीको मृत्यु भएको त्यहाँका मेयरले बताएका छन् ।

उक्त घटना सिकोगोको मर्सी अस्पतालमा सोमबार स्थानीय समय अनुसार तीन बजे भएको हो ।

मारिने महिलामा एकजना अस्पतालको चिकित्सक र अर्को फार्मेसिउटिकल असिसटेन्ट रहेको बताइएको छ । एकजना प्रहरी प्रवक्ताका अनुसार ती बन्दुकधारी भने जवाफी हमलाका क्रममा मारिएका थिए तर उनी आफ्नै बन्दुक वा जवाफी बन्दुक हमलाबारे मारिएको भने स्पष्ट भएको छैन ।

अधिकारीहरुका अनुसार ती बन्दुकधारी पुरुषले आफूसँग सम्बन्धमा रहँदै आएकी महिलालाई हमलाको निशाना बनाएका थिए तर त्यसपछाडीको कारण भने प्रहरीले खुलाउन बाँकी रहेको बताइएको छ ।

बन्दुकधारीले पहिलो आफूले चिनेको महिलामाथि गोली चलाएका थिए त्यसपछि उनी भवनभित्र प्रवेश गरेका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage