scheduleमगलवार आश्विन २८ गते, २०७६

मूर्दाघरमा ११ वर्षदेखि अन्तिम संस्कारको प्रतिक्षामा बसेको शव

एजेन्सी, ४ मंसिर । धर्म मानिसको जीवनमा यति धेरै हावी हुन्छ यसले जीवन उप्रान्त मृत्युपछि पनि मानिसको पिछा छोड्दैन । धर्मको यही मर्मलाई शिरोपर गर्दै एक महिलाको शवले ११ वर्षदेखि एउटा शवगृहमा आफ्नो अन्तिम संस्कारको बाटो हेरिरहेको छ ।

वास्तवमा ती महिलालाई त्यो स्थितिमा पुर्याउने अरु कोही नभएर उनको आफ्नै सन्तानहरुको जिद्दी हो । पछिल्लो ११ वर्षमा मरेकी मल्लिकको शरीर न्यायको पर्खाईमा कंकाल बनिसकेको छ तर अदालतले अझैसम्म उनी मुसलमान थिइन् वा हिन्दु थिइन् भन्ने विषयलाई तय गर्न सकेको छैन ।

हावडा जिल्ला अस्पतालबाट सूचना अधिकार कानूनको माध्यमबाट पाइएको जानकारीबाट जीवनमा धर्मको हस्तक्षेप कति हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । जानकारीको अनुसार नेभेम्बर २००७ मा बाल्टीकुडीस्थित लेनका एकजना बासिन्दा गोराई मल्लिक आफ्नो विमारी श्रीमती परी मल्लिकलाई लिएर हावडा जिल्ला अस्पताल पुगेका थिए ।

७० वर्षीया परीलाई मेडिकल वार्डको बेड नम्बर २५ मा भर्ना गराइएको थियो । उपचारकै क्रममा परीको दुई नोभेम्बरमा निधन भयो । जब अस्पताल प्रशासन उनको मृत्यु प्रमाणपत्र बनाउने र परिवारका अन्य सदस्य अन्तिम संस्कारको तयारीमा जुटेका थिए । त्यसै समय रीना राय नामकी एकजना महिला त्यहाँ पुगिन् । उनले आफू मृतक परीको बुहारी भएको बताइन् । साथै उनले मृतकको नाम परी राय भएको र उनको श्रीमान् स्वर्गीय प्रसाद राय भएको बताइन् । उनले परीको ठेगाना धारसास्थित पंचाननतल्ला क्षेत्रमा भएको पनि बताइन् । त्यसपछि रीनाले मृतकको शव आफूलाई सुम्पिन अन्यथा हिन्दू परम्परा अनुसार उनको अन्मित संस्कार गर्न माग गरिन् ।

त्यस समय परीको मल्लिक परिवारले त्यसको विरोध गरे र दुबै पक्षमा विवाद भयो । विवाद बढेपछि अस्पताल प्रशासनले प्रहरीलाई बोलायो ।

प्रहरीले उक्त मामिलालाई सूल्झाउने प्रयास पनि गर्यो तर कुनै फाइदा भएन । विवाद बढेपछि अस्पताल प्रशासनले कानूनी रुपबाट अधिकार पत्र ल्याउनेलाई शव सुम्पिने बताएपछि शवलाई मूर्दाघरमा राखियो । त्यसपश्चात दुबै परिवार कलकत्ताको उच्च अदालतमा पुग्यो । एक दिन दुई दिन गर्दै ११ वर्ष बित्यो तर हालसम्म शवको हकवालाको फैसला भएको छैन । शवको कंकाल आज पनि अस्पतालमै रहिरहेको छ ।

प्राप्त जानकारीका अनुसार परी पहिले हिन्दु थिइन् । उनको पहिलो विवाह प्रसाद रायसँग भएको थियो । प्रसाद रायबाट उनको एक सन्तान छ । तर पहिलो श्रीमान्को निधनपछि उनले दोस्रो विवाह गरेर मुसलमान बनिन् । गोराई मल्लिकबाट पनि उनको दुईवटा सन्तान भए ।

७० वर्षमा परीको निधन भएपछि उनको दुवै श्रीमान्का सन्तानहरु अहिले उनको अन्तिम संस्कारका लागि भिडिरहेका छन् । दुवै पक्षले आ-आफ्नो धर्मअनुसार अन्तिम संस्कार गर्ने अडान लिएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage