scheduleआइतवार जेष्ठ १८ गते, २०७७

पैसा बोकेर ठेकेदार भागेपछि सांसद सिंखडाको यस्तो आक्रोश

धादिङ, ४ मंसिर । विकास निर्माणको काममा ठेकेदारले गम्भीर लापरबाही र सरकारी निकायको बेवास्ताबारे सांसद जगत सिंखडा सार्वजनिकरुपमा आवाज उठाएका छन् ।

धादिङबाट निर्वाचित प्रदेशसभाका सांसद सिंखडाले सम्बन्धित निकाय र संसदमा समेत पटकपटक उक्त मुद्दा उठाउँदा पनि सुनुवाई नभएपछि सामाजिक सञ्जालमार्फत आवाज उठाएका हुन् । आफूले प्रशासन, संसद र अन्य सरोकारवाला निकायसँग पटकपटक यसबारे कुरा उठाएको उनको जिकिर छ । उनले विकासमा गम्भीर लापरवाही भइरहेको सवाल उठाएका छन् ।

Dish_Home

यस्तो छ सिंखडाको स्टाटस-

‘कस्तो देश ? कस्तो कर्मचारीतन्त्र ? कस्तो कानून ? हामी कस्ता नेता कार्यकर्ता ? कस्ता मन्त्री ?

‘मेरो निर्वाचन क्षेत्र धादिङ प्रतिनिधि सभा २(२) को त्रिपुरासुन्दरी गाउँपालिका वार्ड नं. ७ खहरेमा २०६७ सालमा मोटर पुल निर्माणका लागि बजेट पर्‍यो । भएको झोलुङ्गे पुल पनि भत्काइदियो । वारी र पारी दुवैपट्टि पिल्लर उठायो । त्यसपछि ठेकेदार भाग्यो । अहिलेसम्म न झोलुङ्गे पुल मर्मत छ न त पुल बन्छ ।

स्कूल पढ्ने बच्चाहरु लठ्ठाको सहारामा वारिपारी गर्न बाध्य छन् । त्रिपुरासुन्दरी गापा वार्ड नं. ६ आगिञ्चोकमा बाटो स्तरोन्नतिका लागि २ वर्ष अगाडि १ करोड २० लाखको टेन्डर पर्‍यो । ठेकेदार २० लाख बुझेर फरार छ । मैले चुनावपछाडि सडक विभाग सडक डिभिजन कार्यलयमा पटकपटक भनेँ । सदनमा तीनपटक कुरा उठाइसकेँ ।

प्रमुख जिल्ला अधिकारीलाई भनेँ । कतैबाट केही हुँदैन । फेरि पनि भन्छु, भनिरहन्छु । सरकार ! यस्ता प्रवृत्ति भएका भ्रष्टहरुलाई तुरुन्त छानबीन गरी करबाहीको कठघरामा ल्याइयोस् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय