scheduleसोमवार श्रावण ६ गते, २०७६

ब्रजेशको ‘साइड हिरो’ बजारमा


काठमाडौं, ४ मंसिर । लेखक ब्रजेश खनालको संस्मरणात्मक पुस्तक ‘साइड हिरो’ बजारमा आएको छ ।

‘साइड हिरो’ रेडियो, टेलिभिजन र सिनेमामा ब्रजेशको तीन दशक लामो अनुभवको रोचक संस्मरण हो । पुस्तकमा लेखकले मनोरन्जन क्षेत्रमा आफ्ना तिता-मिठा अनुभव र तिनले जन्माएका बिचारहरुलाई एकदमै भावुक, रमाइलो, गम्भीर र मनोरन्जनात्मक शैलीमा पस्केका छन् ।

आफ्नो जीवन अनुभवलाई साइड हिरोको दृष्टिकोण बाट प्रस्तुत गरेर लेखकले संस्मरण लेखनको पद्दतिमा नयाँ ढाँचा निर्माण गरेका छन्, जुन आम पाठकका लागि सुरुचिपूर्ण र नयाँ स्वादको लाग्ने छ ।
लेखक ब्रजेश आफ्नो किताबको बारेमा भन्छन्, ‘यो पुस्तक नितान्त मेरो व्यक्तिगत अनुभव र भोगाइमा आधारित छ | यसमा आफ्ना उपलब्धिहरु र आफुले गाडेका झन्डाहरु होइन, आफुले गर्न नसकेका र असफलताका कथाहरुलाई बढी समेट्ने प्रयास गरेको छु ।’

उनी अगाडि भन्छन्, ‘त्यसैले यो पुस्तकको शिर्षक ‘हिरो’ नभएर ‘साइड हिरो’ हो । यो पुस्तकले अलिकति भएपनि नेपाली रेडियो, सिनेमा र टेलिभिजनको भित्री पाटो र त्यहाँका उकाली-ओरालीका बारे बुझ्न सघाएछ भने म मेरो प्रयास सफल भयो भन्ठान्छु ।’

लेखकका यसअघि यायावर र जुनेली उपन्यास प्रकाशित भैसकेका छन् र ति पुस्तकलाई आम पाठकले एकदमै रुचाएर पढेका छन् । सांग्रिला बुक्सद्वारा प्रकाशित ‘साइड हिरो’ को पृष्ठ ३३६ रहेको छ र यसको मूल्य ४४८ रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob