scheduleमगलवार पौष ३ गते, २०७५

स्मृतिसभाका परिदृश्य र हाम्रो प्राथमिकता

बिनाराम खड्का


घटिबढी हो । पहुँच र निजले ओगटेको स्पेसको आधारमा चर्चा हुने र नहुने मात्र हो । पीडा सबैलाई हुन्छ । दु:खमा एकाकार हुने मानवीय संवेदनाजन्य नेपाली मनको बाँध भत्काउन खोजेको आरोप नलागोस् । आफन्तको मृत्युलाई नजिकबाट व्यहोर्नु कसैलाई नपरोस् । प्रचण्डपुत्र प्रकाश दाहालको असामयिक मृत्युको खबर सुन्दा एक वर्षअघि म कहिल्यै नचिनेको मान्छेका पनि आँखा रसाएकै थिए । खबर सुनेको बिहान खाँदाखाँदैको खाना पनि छोडिएकै हो ।

तर आज १ वर्षपछि पनि नेपालका सबैप्रकारका मिडियामा छापिएका मुख्य शीर्षक तथा टिकाटिप्पणीहरु, सामाजिक सञ्जालका भित्ताहरु, राष्ट्रियस्तरका राजनीतिक दल, नेतृत्व गणलगायत देशैभरीको माहोल, राष्ट्रिय राजनीतिको जमघट हेर्दा प्राणीको जन्म र मृत्युलाई भौतिकवादी दृष्टिकोणबाट जीवनको अनिवार्य र शास्वत सत्य तथा परिघटनाको रुपमा नभई भावनात्मक पक्षको रुपमा बुझिएको देखियो । नत्र भने मृत्युवरण गरिसकेको देह कुनै हालतमा फर्किन सम्भव नभएको अवस्थामा पुन: विभिन्न कार्यक्रम गरी परिवारको पीडालाई छताछुल्ल पारी सामाजिक सञ्जाल र सिङ्गो देशका सबै मिडियाहरु रङ्गाउँदै वर्षदिन पछि पनि भावनात्मक पक्ष ओकलेर हुने त केही होइन । पीडा बल्झाउने र घाउ कोट्याएर झन आँसु बढाउने मात्र काम हो एकातिर भने अर्कोतिर व्यक्ति, परिवार, समाज, राजनीति र राष्ट्रलाई एउटै डालोमा घुलमिल पारेको पनि देखियो ।

राष्ट्रको नेतृत्व तहमा रहेकाहरुले त आम नागरिककै दुःखमा एकाकार हुनुपर्ने हो । देशका सबै नागरिकको स्वास्थ्यमा ध्यान दिनुपर्ने हो । दुःख, पीडा र मृत्युको घनत्व त सबैको बराबर होला । राजनीतिको उच्चतम तहमा पुगेकाहरुको मृत्यु असामयिक, अस्वभाविक र सर्वसाधारणको मृत्यु सामयिक र स्वभाविक त हुँदैन होला । तर, आज देशका प्रधानमन्त्री, मन्त्री, जन निर्वाचित सभासदलगायत राष्ट्रिय तथा सार्वजनिक व्यक्तित्वहरु राष्ट्रिय पीडालाई भन्दा व्यक्तिगत पीडालाई मल्हमपट्टी लगाउनतिर लागेको देखियो ।

ठूला-ठूला नेताहरुबाट पनि अस्पतालको शैयामा छट्पटाइरहेको आफ्नो चिनजान र नजिकको बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै फेसबुकमा स्टाटस जारी गर्ने ध्याउन्नमा लागेको देखियो । जसमा मानवीय भावना र सहानुभूति प्रकट बाहेक बिरामीको स्वास्थ्य उपचारसँग कुनै भौतिक सम्बन्ध हुँदैन । व्यक्तिगत उपचारले मात्र सामाजिक र राष्ट्रिय रोगको निराकरण हुँदैन । व्यक्तिगत उपचारको लागि त मेडिकल क्लिनिक र डाक्टर छँदैछन् नि । राजनेता भनेको त देश र समाजको डाक्टर, देश र समाजको अभिभावक हुनुपर्ने होइन र ?

जीवन रहुन्जेल यस्ता असामयिक मृत्युका अनगिन्ती श्रृङ्खलाहरु ब्यहोर्नुपर्ने मानवीय बाध्यता नै हो । बरु स्मृतिसभाको सन्दर्भमा प्रकाश दाहालको असामयिक मृत्युको कारण र त्यसको निराकरण (ह्रदयघात ?) बारे स्वास्थ्य विज्ञान सम्बन्धी छोटो उपयोगी चर्चा मिडियामा आएको भए उक्त कारणबाट भइरहेका लाखौँ असामयिक मृत्युलाई रोक्न सकिन्थ्यो कि !? नत्र नीति निर्माणको उच्चतम तहमा पुगेकाहरु सार्वजनिक रुपमा भक्कानो छोडेर रुनु र सोही समाचार जोडतोड प्रवाह गरिनुले मात्र भावनात्मक सहानुभूति बटुल्ने तर समस्याको दिर्घकालीन समाधानतिर नभई पीडितहरुलाई थप पीडा थप्ने तथा यस्ता कारणले हुने पीडा पुनरावृत्ति निराकारणबारे कुनै पहल नगरिएको जस्तो देखिन्छ कि !?

मुसिकोट-४, सोलाबाङ्ग रुकुम पश्चिम
२०७५/०८/३

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob