मैत्रीपुर्ण खेलः इटालीले अमेरिकालाई हरायो, चिलीको सानदार जित
काठमाडौँ, ५ मंसिर । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले अमेरिकालाई १-० गोलले पराजित गरेको छ ।
इटालीको जितमा माटियो पोलाटिनोले खेलको अन्तिम समयमा गोल गरेका थिए ।
त्यस्तै गएराति नै भएको अर्को मैत्रीपुर्ण खेलमा चिलीले होण्डुरसलाई ४-१ गोलले पराजित गरेको छ ।
चिलीका लागि दुई गोल अर्टुरो भिडालले गरेका थिए । त्यस्तै एलेक्सिस सान्चेज र निकोलस कास्टिलोले एकएक गोल गरेका थिए ।