scheduleबुधवार भाद्र ४ गते, २०७६

सिएनएनको मुद्दा ह्वाइट हाउसका लागि यसरी बन्यो पत्रकारमाथि लगाम कस्ने अवसर

एजेन्सी, ५ मंसिर । सिएनएनसँगको कानुनी लडाँईमा पराजय स्वीकार गर्दै ह्वाइट हाउसले सोमबार सिएनएनका प्रमुख ह्वाइट हाउस संवाददाता जिम अकोस्टाको प्रेस पासमाथिको निलम्बन फुकुवा गरेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्यक्षरुपमा यो घटनालाई आगामी दिनमा आफु वा अन्य कुनै पनि शीर्ष अधिकारीलाइृ प्रश्न सोध्न पत्रकारलाई केही लगाम लगाउने एउटा अवसर बनाएका छन् ।

सिएनएनले दायर गरेको मुद्दाको फैसलामा न्यायधीशले अकोस्टाले ह्वाइट हाउसमा निरन्तर रिपोर्टिङ गर्न पाउने आदेश दिएपछि ट्रम्प प्रशासनबाट त्यस्तो निर्णय भएको हो ।

अदालतको फैसलापछि सिएनएनले पनि ह्वाइट हाउसविरुद्धको मुद्दा फिर्ता लिएको थियो ।

तर त्यस लगत्तै ह्वाइट हाउसले ‘भविष्यमा पत्रकार सम्मेलनलाई नियमन गर्ने नियमहरु’ जारी गरेको छ । ती नियमहरु राष्ट्रपति ट्रम्प वा उनको प्रशासनका अन्य शीर्ष अधिकारीहरुको पत्रकार सम्मेलनमा उपस्थित हुने पत्रकारहरुले पालना गर्नुपर्ने छ ।

नयाँ नियम अनुसार एकजना पत्रकारले एउटा मात्र प्रश्न सोध्न पाउने छ र ती विषयलाई फल्लो अप गर्न चाहेमा पत्रकार सम्मेलन अयोजना गर्ने व्याक्तिको विवके र सहमतिमा निर्भर रहने ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले बताइन् ।

यदि ती नियमहरुको उल्लंघन भएमा पत्रकारको प्रेस पास रद्द हुने स्यान्डर्सले बताइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage