scheduleशनिवार जेष्ठ ११ गते, २०७६

जापानको यौन दासत्व फाउण्डेशन बन्द गर्ने दक्षिण कोरियाको निर्णय

एजेन्सी, ५ मंसिर । दोस्रो विश्वयुद्धको समयमा जापानको सैनिक वेश्यालयमा काम गर्न बाध्य भएका दक्षिण कोरियाली महिलाहरुलाई जरिवाना प्रदान गर्दै आएको एउटा जापानी फाउण्डेशनलाई बिघटन गर्ने बुधबार दक्षिण कोरियाले बताएको छ ।

व्यापक अपेक्षित यो निर्णय यदि कार्यान्वयनमा आयो भने यौन दासत्वसम्बन्धी मुद्दामाथिको दशकौं लामो गतिरोधलाई मिलाउन २०१५ को विवादास्पद सम्झौतालाई प्रभावकारीरुपमा अन्त्य गर्नेछ । साथै यसले अमेरिकाको दुई बलियो एसियाली साझेदार राष्ट्रको कूटनीतिक सम्बन्धलाई बिगार्ने देखिएको छ ।

दक्षिण कोरियालीहरु आफ्नो सरकारले यौन दासता सम्झौतालाई मिलाउन एकदमै कम प्रयास गरेको विश्वास गर्छन् भने जापानले १९१० देखि १९४५ को बीचमा कोरियाली प्रायद्वीपतमाथि उपनिवेश कायम गर्दा गरेको अत्याचारको हालसम्म कानूनी जिम्मेवारी स्वीकार गरेको छैन ।

दक्षिण कोरियाको फाउण्डेशन बन्द गर्ने निर्णयलाई जापानी विदेशमन्त्री तारो कोनोले कडारुपमा आलोचना गरेका छन् । उनले दक्षिण कोरियाले सम्झौताबाट पछि हटेर अन्तर्राष्ट्रिय समाजमा बाँच्ने आधारभूत नियमलाई उल्लंघन गरेको आरोप लगाएका छन् ।

जापानका उप विदेशमन्त्री ताकियो अकिबाले दक्षिण कोरियाली राजदूत लि सु हुनलाई विरोध प्रदर्शन गर्नका लागि मन्त्रालयमा बोलाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob