scheduleशुक्रवार भाद्र ६ गते, २०७६

बलात्कार गरेको आरोपमा ईसाई धर्मगुरुलाई १५ वर्षको जेल सजाय

एजेन्सी, ६ मंसिर । दक्षिण कोरियाका एकजना धर्मगुरुलाई आफ्ना आठ महिला धर्माबलाम्बीहरुलाई बलात्कार गरेको आरोपमा १५ वर्षको जेल सजायँ भएको छ ।

सियोलमा रहेको मामिन केन्द्रीय गिर्जाघरमा ७५ वर्षीय ती धर्मगुरुका एक लाख तीस हजार धर्मावलम्बीहरु छन् ।

बलात्कार पीडित महिलाहरुले ती धर्मगुरुसँग ‘दैवीय शक्ति’ भएको र उनी भगवान् भएका कारण आफूहरु त्यस्तो कार्य गर्न बाध्य भएको सुनाए ।

दक्षिण कोरियाका अधिकांश इसाई धर्मावलम्बीहरु मूलधारका गिर्जाघरहरुसँग सम्बन्ध राख्छन् । त्यस्ता गिर्जाघरहरुसँग धेरै सम्पत्ति र शक्ति छ ।

तर ती धर्मगुरु लीले सबै आरोपहरु अस्वीकार गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage