scheduleआइतवार भाद्र २९ गते, २०७६

प्रेमीको हत्या गरी शवको मासु मजदूरलाई दिएको आरोप खेपिरहेकी छिन् यी महिला

एजेन्सी, ६ मंसिर । मोरक्कोको एक महिलामाथि अनौठो प्रकृतिको हत्याको आरोप लागेको छ । महिलामााथि आफ्नो प्रेमीको हत्या गरी शवलाई टुक्रा पारेर पकाई मजदूरहरुलाई खुवाएको आरोप लागेको हो ।

यो घटना भने संयुक्त अरब इमिरेट्समा घेटेको हो । कानुनी अभियोजनकर्ताहरुका अनुसार महिला मोरक्कोकी हुन् । प्रहरीका अनुसार महिलाले तीन महिना अघि आफ्नो प्रेमीको हत्या गरेकी थिइन् ।

यो मामिला तब बाहिर आयो जब महिलाको ब्लेण्डर मसिनमा मानव दाँत फेला परेको थियो ।

युएईको सरकारी अखबार ‘द नेश्नल रिपोर्टस’ को अनुसार महिलाले त्यस अपराधलाई स्वीकार गरीसकेकी छिन् र उनले आवेशमा आएर त्यस्तो कूकार्य गरेको खुलासा गरेकी छिन् ।

महिलाको उमेर करिब तीस वर्ष रहेको कारण उनीमाथि हत्या मुद्दा चल्नेछ ।

अखबारको अनुसार ती महिला करिब सात वर्षदेखि आफ्नो प्रेमीसँग सम्बन्धमा थिइन् तर एकदिन प्रेमीले आफु कुनै अन्य महिलासँग विवाह गर्ने बताएका थिए ।

यद्यपि, प्रहरीले महिलाले हत्या कसरी गरिन् भन्ने भने खुलाएको छैन । तर उनले शवलाई टुक्रा टुक्रा पारी चामलसँगै पकाएर नजिकै काम गर्ने मजदूरहरुलाई खुवाएकी थिइन् ।

ती पुरुषको हत्या भएको तब पत्ता लाग्यो जब पुरुषका भाइ उनलाई खोज्नका लागि ओमन सीमा नजिक रहेको अल इन शहरबाट आए र उसले महिलाको ब्लेण्डर मेसिनमा मानव दाँत फेला पारे ।

तब प्रहरीलाई जानकारी दिइयो र प्रहरीले डिएनए परिक्षणबाट पुरुषको हत्या भएको पत्ता लगाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage