scheduleमगलवार आषाढ़ ३० गते, २०७७

नेपाल प्रहरीको अनुसन्धान ब्यूरोलाई अन्तर्राष्ट्रिय पुरस्कार


काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । संयुक्त राष्ट्र संघको वतावरणीय कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई
एसिया इन्भाइरन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ बाट पुरस्कृत गरेको हो ।

बैंककमा २०७५ मंसिर ५ गते भएको संयुक्त राष्ट्र संघको सम्मेलनबाट इन्टिग्रिटी विधामा वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण इकाईका प्रहरी नायव उपरीक्षक अनुपम शमशेर जबराले पुरस्कार ग्रहण गरेका हुन् ।

एसियामा अन्तरदेशीय वातावरणीय अपराधको बिरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिकरुपमा पुरस्कृत गरिने उद्देश्यले उक्त पुरस्कार सन् २०१५ र २०१७ गरी दुई दुईपटक वितरण भई सकेको छ । यसवर्ष तेस्रोपटक वितरण गरिएको उक्त अवार्ड नेपाल, भारत, चीन, मलेसिया, भियतनाम, थाईल्याण्ड, कोरिया लगायतका देशहरुले विभिन्न बिधामा ग्रहण गरेका छन् ।

अन्तरदेशीय वातावरणीय अपराधविरुद्ध नेपाल प्रहरीले वातावरणीय तथा वन्यजन्तु अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनिय भूमिका निर्वाह गरेकोले उक्त पुरस्कार पाएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय