scheduleआइतवार भाद्र ८ गते, २०७६

ताइवानमा जनमतसंग्रहद्वारा समलिङ्गी विवाह खारेज

एजेन्सी, ९ मंसिर । ताइवानमा भएको जनमतसंग्रहमा त्यहाँका जनताहरुले समलिङ्गी विवाहको विकल्पलाई खारेज गरिदिएका छन् ।

मार्च २०१७ मा त्यहाँको उच्च अदालतले त्यस्ता समलिङ्गी गठबन्धनको पक्षमा फैसला सुनाएपनि हालैको जनमतसंग्रहको नतिजा भने त्यसको विपरित आएको हो । अदालतले संसदलाई कानून संसोधन गर्न वा नयाँ कानून पारित गर्न दुई वर्षको समय पनि उपलब्ध गराएको छ । तर शनिबारको मतदानले उक्त विधेकलाई प्रभाव पार्ने विषयमा अझै अस्पष्ट छ ।

यसैबीच राष्ट्रपति तसाई इङ विनले स्थानीय निर्वाचनमा हार बेहोरेपछि ताइवानको सत्तासिन दलको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति विनको स्वतन्त्रपक्षी दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी डिपीपीले २०१४ मा जीत हासिल गरेको १३ शहर र काउन्टीहरुमध्ये यस पटक आधाभन्दा धेरैमा हार बेहोरेको छ ।

२०१६ मा विन शक्तिमा आएयता चीनसँग ताइवानको सम्बन्धमा पनि तिक्तता आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage