scheduleमगलवार आषाढ़ ३० गते, २०७७

दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुने सम्भावना छैन : काँग्रेस महामन्त्री कोइराला

फाइल तस्बिर

काठमाडौं, ९ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघ(नेविसंघ)को महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आइतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

विधानविपरीत पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यवद्धता जनाउँदै थप गरिएको समय भित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिए ।

नेविसंघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो । यसअघि विधान अनुसार नेविसंघको दुई वर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय