scheduleशनिवार आश्विन ४ गते, २०७६

५० वर्ष अघि नासाको चन्द्रमा अवतरणको वास्तविकता पत्ता लगाउने मिशनमा रसियाली स्पेश एजेन्सी

एजेन्सी, ९ मंसिर । रसियाले अन्तरिक्षमा पहिलोपटक आफ्नो यान पठाएपनि अमेरिकाले सन् १९६९ चन्द्रमाको धरतीमा पहिलोपटक आफूले अन्तरिक्षयात्री उतारेको दावी गरेर रसियाको प्रयासलाई धूलो चटाउँदै इतिहासमा आफ्नो नाम लेखायो । तर त्यसपछि वास्तवमा अमेरिकाले त्यस्तो गर्यो त भन्ने विषयले एउटा लामो बहस चलायो । वास्वतमा नासाले चन्द्रमा आफ्नो अन्तरिक्षयात्री उतारेको जुन तस्वीर विश्वसामू सार्वजनिक गर्यो नासाका विरोधीले सधै त्यसलाई अस्वीकार गरिहरह्यो ।

यसकारण आजसम्म पनि नासाको त्यस मिशन शंका र प्रश्नहरुको घेरा भित्र छ । अहिले आएर रसियाको रोस्कोँस्मोस स्पेर्श एजेन्सीका प्रमुखले यस प्रश्नको जवाफ खोजी गर्ने बताएका छन् । स्पेश एजेन्सीका प्रमुख दिमित्रि रोगोजिनले नासाले पचास वर्ष अघि उसको यान चन्द्रमामा उतारेको थियो वा थिएन भन्ने विषयमा सत्य स्थापित गरेर विश्वलाई देखाउने बताएका छन् ।

रसियाको प्रमुख रोस्काँस्मोस स्पेश एजेन्सीका प्रमुखले चन्द्रमाका लागि प्रस्तावित रसियाली मिशनलाई सत्य स्थापित गर्न पठाइने बताएका छन् । यस सम्बन्धी शनिबार ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै प्रमुख रोगोजिनले भने, ‘हामीले यो मिसनलाई उनीहरु त्यहाँ गएका थिए वा थिएन भन्ने सत्य स्थापित गर्न निर्धारण गरेका हौं ।’

रोगोजिन करिब पचाँस वर्ष पहिले चन्द्रमामा नासाले छोडेको निशान खोजी गर्न जाँदैछन् । रसियाले नासाको त्यस मिशनलाई कहिल्यै साँचो मानेन किनभने उसले नासाले चन्द्रमा मिशनको नाममा विश्वको आखाँमा छारो हानेको मान्यो ।

सोभियत संघले चार प्रयोगात्मक चन्द्रमा रकेट अपरेशन विफल भएपछि १९७० को दशको मध्यमा आफ्नो चन्द्रयान कार्यक्रमलाई नै त्यागी दिएको थियो । २०१५ मा रसियाको जाँच समितिका पूर्व प्रवक्ताले ‘नासा मून ल्याण्डिङ अपरेशन’ को जाँचको माग गरेका थिए ।

अमेरिकाले एउटा फिल्मी सेटमाथि आफ्नो तीन अन्तरिक्षयात्रीहरुलाई चन्द्मा जस्तो स्थलमा राखेर भिडियो गराएको हल्ला पनि सुन्नमा आएका छन् । विरोधीहरुले चन्द्रमामा हावा नहुँदा चित्रमा अमेरिकी झण्डा कसरी लहरायो भन्ने जटिल प्रश्न राखेका छन् ।

साथै उनीहरुले चन्द्रमामा वैज्ञानिक उपकरणहरुको जुन रिडिङ आउनु पर्ने त्यो नभएर केही अरु नै आएको बताएका छन् । तस्वीरमा चन्द्रमाको माथि आकाशमा निकै कम तारा देखिएको छ, जब चन्द्रमाबाट धेरै ताराहरु देखिनुपर्ने । साथै यो पनि दावी गरिएको छ कि चन्द्रमामा छायाँहरु जुन दिशामा देखिनुपर्ने त्यसको उल्टो दिशामा देखिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage