scheduleमगलवार आश्विन २८ गते, २०७६

आफ्नै पिसाब बेचेर लाखौं रुपयाँ कमाइन् यी महिलाले

एजेन्सी, ९ मंसिर । एक समय अमेरिकाको फ्लोरिडास्थित एक महिला पिसाब बेचेर लाखौं रुपयाँ कमाउँथिन्। बजारको कुनै अमूल्य सामान खरिद गर्नजस्तै मानिसहरु उनको पिसाब खरिद गर्नका लागि निकै प्रतिस्पर्धा गर्दथे । उनको पिसाब व्यापारको पछाडि जून वास्तविकता सार्वजनिक भयो त्यसले धेरैको होश उडाएको थियो ।

वास्तवमा कलेजमा अध्ययनरत ती केटीले करिब एक/दुई वर्षअघि आफ्नो पिसाब बेच्न अनलाइन विज्ञापन सेवामा विज्ञापन दिएकी थिइन् जसमा उनले आफु तीन महिनाको पनि गर्भवती रहेको खुलासा गरेकी थिइन् । साथै विज्ञापनमा लेखिएको थियो,‘जो कोहीँ मेरो पोजिटिभ प्रेग्नेन्सी टेस्ट र पिसाब आफ्नो कुनै विशेष कामको लागि प्रयोग गर्न चाहन्छ म उसलाई यो दिनसक्छु र एक वा दुई थोपाका लागि २५ डलर लिनेछु ।’

महिलाको त्यसप्रकारको अनौठो विज्ञापन सामाजिक सञ्जालमा भाइरल भएपछि उनको पिसाब खरिद गर्नका लागि मानिसहरुको भीड लाग्न शुरु भयो । खरिददारमध्ये धेरै महिला र केटीहरु हुन्थे । यसरी पिसाब बेचेर उनी दैनिक दुई सय डलर जसको नेपाली मूल्य लगभग १९ हजार हुन्छ कमाउने गर्थिन् ।

मिडिया रिपोर्टको अनुसार ती महिलाहरुले ती पिसाबको सेम्पललाई लगेर प्रेग्नेन्सी परीक्षण गरी त्यस्ता पुरुषलाई ब्लैकमेल गर्ने गर्थे जसले उनीहरुलाई विवाहको सपना देखाएर शारीरिक सम्बन्ध बनाएका हुन्थे र पछि धोका दिने गर्दथे । यसको माध्यमबाट ती महिलाहरु ती पुरुषहरुमाथि दबाब दिन्थे ।

यद्यपि पिसाब बेच्ने ती महिला अरुले पिसाब खरिद गरे पछि के गर्छन् भन्ने आफूलाई थाहा नभएको बताउने गर्थिन् । उनी त्यस्तो कार्यबाट आफूले लाखौं रुपयाँ कमाइरहेको र आफूले त्यसो कलेजको फी भर्नलाई गरेको बताउने गर्दथिन् ।

तर पछि यो सबै खबर एउटा मिडियाले चलाएको स्टिङ अपरेशनको दौरान सार्वजनिक भयो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage