scheduleशुक्रवार मंसिर ६ गते, २०७६

न संविधान कार्यान्वयन भयो, न जनमुखी कामः महामन्त्री कोइराला


दमक, ११ मङ्सिर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका छन् ।

उनले वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा काम गर्छ भने त्यसमा काङ्ग्रेसले साथ र सहयोग गर्नेसमेत बताए । महामन्त्री कोइरालाले झापाको दमकमा सोमबार साँझ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको नौमहिने कामबाट जनतामा आशाभन्दा निराशा छाएको बताए ।

उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको जिकिर गरे । उनले काङ्ग्रेस एक ढिक्का भए मात्र देश बलियो हुने बताए ।

महामन्त्री कोइरालाले काङ्ग्रेस व्यक्तिवादी गुटगत स्वार्थमा फसेको चर्चा गरे । उनले भने, ‘अब त्यसलाई चिरेर युवाहरु नेतृत्व तहमा स्थापित हुनुपर्छ ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage