scheduleआइतवार भाद्र २९ गते, २०७६

कुकुरको पिसाब पिउँछिन् यहाँकी सुन्दरी, यस्तो छ अनौठो कारण

एजेन्सी, ११ मंसिर । मानिसका लागि सौन्दर्य उसको अचुक सम्पत्ति हो । यसलाई निखार्नका लागि मानिसले केही कसर बाँकी राख्दैनन् । तर अमेरिकाकी एकजना महिलाले आफ्नो सौन्दर्यलाई बढाउन अनौठो अभ्यास गर्दैछिन् ।

सायद तपाईले यस्तो देख्न त के सुन्नु पनि भएको छैन होला सौन्दर्य बढाउनका लागि मानिसले पिसाब पिउने कुरा । अमेरिकाकी यी सुन्दरीले भने सबै हद पार गरेर सौन्दर्यता प्राप्त गर्न कुकुरको पिसाब पिउँदै छिन् । लीन नाम गरेकी यी महिला कुकुरको पिसाब पिउन कुनै संकोच मान्दिनन् ।

उनी आफ्नो प्रत्येक पाल्तू कुकुरको पिसाब पिउँछिन् ।

मानिसहरुले आफूलाई सधै सोध्ने आफ्नो सुन्दर चम्किलो त्वचाको कारण कुकुरको पिसाब भएको उनी सुनाउँछिन् ।

लीनको अनुसार उनी दैनिक पार्कमा आफ्नो कुकुरलाई लिएर जान्छिन् र पिसाब संकलन गरेर त्यसलाई बिना संकोच पिउँछिन् ।

लीले आफू दैनिक एक गिलास पिसाब पिउने गरेको बताइन् । उनको अनुसार कुकुरको पिसाबमा भिटामिन ए, भिटामिन ई र क्यालसियम हुन्छ जसले क्यान्सरको उपचारमा ठूलो मद्दत पुर्‍याउँछ ।

लीको अनुसार पहिले उनको अनुहारमा धेरै दागधब्बाहरु थिए तर कुकुरको पिसाब पिउन सुरु गरेपछि उनको अनुहारबाट ती दागहरु हराएर गएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage