scheduleमगलवार पौष ३ गते, २०७५

पोल-पोलमा सरकार

बासुदेव भट्टराई


सुन्दै छु आज
समृद्धिको ढोका खुल्यो रे
सहरका हरेक बिजुलीका पोलहरू
सु-सज्जित भएका छन् रे
अब देश नयाँ युगमा प्रवेश गर्दैछ रे !

बिहानै पत्रिका बोकर आउने
हकर दाईले बलात्कार, हिंसा र भ्रष्टाचार
समाचार बोकेर आउँथे
तर आज समृद्धिको ज्याकेट
बोकेर आउनु भयो रे ।

अँ साँच्चै हिजो नै सुनेको थिए
यही समृद्ध मुलुकमा
न्याय हराएर खोज्न पसेका एक बुबा
पागल बनी त्यही शहरका
गल्लिगल्लि भौतरिँदै छन्

कयौं छोरीको अस्मिता लुटिएको छ
कयौ आमाहरूको मुटु खोसिएको छ
तर,
बिजुलीको पोलमा
निर्लज्ज रूपमा ठिङ्ग उभिरहेको
छ सरकार समृद्धि अनि नब युगसहित ।

हरेक दिन आमाहरू मुर्छा पर्छन्
आफ्ना प्रियहरुको यादमा
यहाँ न्याय छ ? या मरिसक्यो ?
जन-जनले प्रश्न गर्छन् ।
तर सरकार बिजुलीको पोलमा
निर्लज्ज ठिङ्ग उभिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob