कञ्चनपुरमा फेरि अर्की १० वर्षीया बालिका बलात्कृत
कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सुकुम्बासी बस्तीकी १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। स्थानीय ६९ वर्षीय वृद्ध ओमनाथ पौडेलबाट ती बालिका बलात्कृत भएकी हुन् । उनले खानेकुराको प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
स्थानीयबासीको उजुरीका आधारमा पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।