scheduleबिहिवार भाद्र ५ गते, २०७६

उच्च सुरक्षा सीमा पार गर्दै दक्षिणको रेल पहिलोपटक उत्तर कोरियामा

एजेन्सी, १४ मंसिर । एक दशकभन्दा धेरै समयपछि दक्षिण कोरियाबाट उच्च सुरक्षा सम्पन्न सीमा पार गर्दै एउटा रेल उत्तर कोरियाभित्र प्रवेश गरेको छ ।

उत्तर कोरियाको रेल सञ्जाललाई अत्याधुनिक बनाउने उपायमाथि अनुसन्धान गरिरहेका दक्षिण कोरियाली विज्ञहरु त्यसमा सवार थिए ।
वितेको एकवर्षमा दुई कोरियाले आफ्नो सम्बन्धमा सुधार ल्याउने महत्वपूर्ण प्रगतीहरु हासिल गरिसकेको छ ।

उक्त रेलमार्गले दुई देशबीचको सीमाबाट व्यापार तथा यात्रालाई सहज पुर्याउने अपेक्षा गरिएको छ ।

गत अप्रिलमा दुई देशका नेताहरुबीच भएको ऐतिहासिक वैठकमा, उत्तर कोरियाली नेता किम जोङ उनले समकक्षी मून जेई इनसँग आफ्नो देशको रेलमार्गमा समायनुसार परिवर्तन ल्याउन सहयोगको आग्रह गरेका थिए ।

२० औं शताब्दीको शुरुवाती चरणमा उत्तर कोरियामा निर्माण भएका पूर्वाधारलाई अहिले दक्षिण कोरियासँग जोड्नका लागि त्यसको पूर्ण पुनर्निर्माणको आवश्यक रहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage