scheduleमगलवार पौष ३ गते, २०७५

तपाईसँग कति कित्ता शेयर छ ? तीन कम्पनीले यसप्रकार दिंदैछन् आकर्षक लाभांश

काठमाडौं, १४ मंसिर । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मंसिर १३ गते बिहिबार बसेको ३३२ औं सञ्चालक समितिको बैठकले उक्त मात्रामा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृतीपश्चात् बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

यता नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २५ लाख २६ हजार ३१५ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृतीपश्चात् बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

तिनाउ विकास बैंकले बार्षिक साधारण सभाको आह्वान गरेको छ । बैंकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित साधारण सभा बोलाएको हो ।

बैंकको बाह्रौँ बार्षिक साधारण सभा पुस ७ गते शनिबार बिहान ९ बजे क्लब डेनोभो प्रालि बुटवलमा हुने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २४ गते बुक क्लोज गर्ने जनाएको छ । सोहीअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले मा लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob