scheduleआइतवार भाद्र १ गते, २०७६

पोखरामा १७ वर्षीय किशोरीलाई होटेलमा लगेर बलात्कार

कास्की, १४ मंसिर । पोखरा महानगरपालिका–२३ भदौरेतामागी घर भई हाल ‌शान्तिनगर बस्ने १७ वर्षीया किशोरी बिहीबार दिउँसो बलात्कृत भएकी छिन् ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका–४ लाचोकका ३५ वर्षीय लक्ष्मण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई ललाईफकाई गरी पोखरा महानगरपालिका–६ स्थित पिनाकल होटलमा लगी जबरजस्ती करणी गरी फरार लक्ष्मणलाई अन्नपूर्ण गाउँपालिका–३ काँडे चुहिने पहराबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धानका साथै कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage