scheduleआइतवार भाद्र २९ गते, २०७६

पेटबाट निकालियो ७७ पाउण्डको ट्युमर, चिकित्सको यस्तो प्रतिक्रिया

एजेन्सी, १४ मंसिर । सबैले उनलाई बियरको भोगी भनेर सोच्थे । उनको पेट नै थियो त्यस्तो तर वास्तवमा उनी बियर पिउँदैन थे । ४७ वर्षिये हेक्टर हर्नानडेजले महिनौंसम्म आफ्नो त्यस्तो असाधारण बडेमानको पेटको रहस्यलाई थाहा पाएनन् ।

‘मलाई लाग्थ्यो म मोटाएँ । म सधैं नै मोटो नै थिएँ,’ हर्नानडेजले भने ।

करिब डेढ वर्ष भयो उनले थाहा पाएको आफ्नो त्यस बडेमानको पेटको रहस्य । वास्तवमा उनको त्यति ठूलो पेटको पछाडीको कारण ७७ पाउण्ड तौलको ट्युमर रहेछ ।

जब उनी प्रत्येक बिहान काममा जानका लागि लस एन्जलस मेट्रोमा चढ्ने गर्दथे त्यहाँ उनलाई सबैले घुरेर हेर्थे । उनी आफ्नो अस्वभाविक पेट लुकाउनका लागि ज्याकेट लगाउँथे यद्यपी त्यो सबैको नजरमा आउँथ्यो नै ।

जब आफ्नो कार्यालयमा उनी सूचना प्रविधि कम्पनीको आफ्नो विलिङ डेस्कमा कामका लागि बस्ने गर्दथे तब उनको भारी पेट दुई खुट्टामाथि अडिएर बस्ने गर्थ्यो ।

सबैले उनलाई बियरको भोगी भन्थे किनभने त्यस पेट बियर खाने व्यक्तिको जसरी मोटाइरहेको थियो ।

उनले डाइट गर्ने विचार गरे तर पनि त्यसले काम गर्न सकेन । दिनदिनै पेटको अस्वभाविक वृद्धि जारी रह्यो जसले गर्दा उनलाई निहुरिएर जुत्ताको लेस बाँध्न पनि समस्या हुन थाल्यो ।

पेट जति तिब्र गतिमा बढ्दै थियो शरीरका अन्य भाग त्यही गतिमा सुकेर हाडछालामा परिणत हुँदै थियो । यसबाट चिन्तित उनी सन् २०१६ मा चिकित्सककहाँ गए जाँचका लागि । जब उनी त्यहाँबाट सर्जिकल ओन्कोलोजिस्ट डा विलियम सेङकहाँ रेफर भएर पुगे, तब परीक्षणपछि उनलाई लिपोसरकोमा, एकप्रकारको दुर्लभ क्यान्सर जसले बोसिलो कोसिकाहरु उत्पादन गर्छ, भएको खुलासा भयो । त्यो पछि उनको पेटमा ठूलो ट्युमरको रुपमा विकास भैसकेको रहेछ ।

त्यो ट्युमर पीडादायी नभएपनि हर्नानडेजको उच्च रक्तचापका कारण उनी छोटो स्वासको समस्या अनुभव गरिरहेको थिए साथै कब्जियत, लगातार मुटु पोल्ने समस्या पनि उनले अनुभव गर्दै आएका थिए । परीक्षण पछि यी बाँकी लक्षण पनि लिपोसर्कोमाकै भएको बुझियो ।

उनको लागि त्यो निकै ठूलो झट्का सावित भयो ।

गत जुलाईमा भएको ६ घण्टा लामो शल्यक्रियामा चिकित्सले उनको पेटबाट ७७ पाउण्ड तौल भएको एउटा ट्युमर निकाल्यो ।

नरम कोसिका भएका ठूला सर्कोमा ट्युमरहरु निकाल्दै आएका र यसै काममा विशिष्टा हासिल गरेका अमेरिकाका सिमित सर्जनमध्ये चिकित्सक साङले पनि आफूले त्यति ठूलो ट्युमर कहिल्यै नदेखेको बताए ।

त्यस भयंकर ठूलो ट्युमर शरीरको अन्य भागमा नफैलिएपनि शल्येक्रियाको क्रममा उनको एउटा मृगौला निकालेर फ्याँक्नु पर्‍यो । ट्युमरले त्यसलाई खाएको कारण त्यो राम्रो काम गर्नसक्ने अवस्थामा थिएन ।

तर चिकित्सका अनुसार लिपोसर्कोमाको पुन बल्झिने सम्भावना हुन्छ र यदि यस्तो भयो भने अर्कोपटकको स्वरुपमा यो थप भयंकर हुन्छ । त्यस समय पनि उपाय भनेको शल्यक्रिया नै हो ।

हर्नानडेज आफ्नो अवस्थाको निगरानी राख्नका लागि प्रत्येक चार महिनामा एकपटक सिटिस्क्यानमा जाने गर्छन् । उनको स्वास्थ्य उपचारमा अहिले हजारौं डलरको बिल उठेको छ जसकारण उनी गो फण्ड मिको माध्यमबाट सहयोगका लागि आग्रह गर्दैछन् ।

शल्यक्रिया गरेयता उनको सम्पूर्ण लक्षणहरु हराएका छन् र उनी ९० प्रतिशत आफ्नो पुरानो अवस्थामा फर्किएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage