scheduleमगलवार पौष ३ गते, २०७५

आप्रवासनका समस्या समाधान गर्न सरोकारवाला सञ्जालको निर्माण गरिने

काठमाडौं, १६ मंसिर । आप्रवासनसम्बन्धी क्षेत्रका समस्या समाधान गर्न र साझा धारणा निर्माण गर्ने उदेश्यले सरोकारवाला सञ्जालको निर्माण गरिने भएको छ । राजधानीमा श्रमिक आप्रवासनसम्बन्धी सरकोकारवालाहरुको छलफल तथा सञ्जालीकरण कार्यक्रमको छलफलले उक्त प्रस्ताव अगाडि बढाएको हो ।

एक दर्जनबढी आप्रवासनसम्बन्धी क्षेत्रमा सरोकार राख्नेहरुको छलफल कार्यक्रममा आप्रवासन सम्बन्धमा बिडब्लुआइ एनएसीले गरेका प्रयासहरु र संजाल विस्तारको आवश्यकतारे आ–आफ्नो तर्फबाट विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा आप्रवासन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुइटेलले सरकारका निकाय, गैर सरकारी निकाय, मेनपावर व्यवसायी, ट्रेड यूनियन, फिर्ता आएका श्रमिकका नेटवर्क, गन्तव्य देशमा रहेका व्यवसायी एवं गैरआवासीय नेपाली र संचारकर्मी सम्मिलित सरोकार संजाल निर्माणको आवश्यकता औंल्याएका थिए । साझा संसन्त्र बनाएर सरकारले उठाएका उचित मुद्दाहरुलाई पहिचान गरी सहयोग गर्न र आप्रवासन क्षेत्रका यावत समस्या समाधान गर्न संजाल निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा काउन नेपालका महासचिव प्रदिप आचार्यले बिडब्लु एनएसीले प्रस्ताव गरेपछि उक्त संजाल निर्माण गरिने प्रस्ताव आएको जानकारी दिए । नीति निर्माण तहमा आप्रवासनसम्बन्धी समान धारणा बनाउन र एक अर्कालाई नेटवर्कमा ल्याएर आप्रवासनसम्बन्धी काममा सहजता प्रदान गर्न संजाल आवश्यक रहेको उनले बताए ।

यस्तै अंङकुका अध्यक्ष अमित लामाले फरक फरक धारणा रहेकाहरु एकै ठाउँमा बसेर छलफल गर्ने संयन्त्र अहिलेको अवश्यकता भएको बताए । उनले अन्तर्राष्ट्रिय फोरममा पनि अप्रवासनसम्बन्धी एकै आवाज रहोस् भन्न पनि संजालको आवश्यकता रहेको बताए ।

कार्यक्रममा बिडब्लुआई नेपाल आबद्ध समितिको कार्यालयमा सम्पर्क सचिवालय तोक्ने र ३ महिनामा एक पटक बैठक बसेर छलफल गर्ने निर्णसमेत गरिएको छ । कार्यक्रममा नेपालका विभिन्न ट्रेड यूनियन महासंघका पदाधिकारीहरुको उपस्थितिसमेत रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob