scheduleमगलवार पौष ३ गते, २०७५

१७ वर्षको किशोरसँग विवाह गरेपछि महिला गिरफ्तार

एजेन्सी, १६ मंसिर । मुम्बाईमा प्रहरीले एकजना २० वर्षीया महिलालाई १७ वर्षीय किशोरसँग विवाह गरेपछि गिरफ्तार गरेको छ । गत पन्ध्र दिनदेखि ती महिला जेलमै छन् । उनीहरुको पाँच महिने छोरी पनि उनीसँगै छिन् ।

ती किशोरको आमाले प्रहरीमा उजूरी दर्ता गराएपछि प्रहरीले उनलाई गिरफ्तार गरेका थिए । उनलाई बाल यौन दुराचार ऐन अन्तर्गत मुद्दा चलाइने छ ।

महिलाले ती किशोरसँगको आफ्नो सम्बन्ध सहमतिमा आधारित रहेको बताइन् साथै उनले आफ्नो श्रीमान् कम उमेरको भएको दावीलाई पनि अस्वीकार गरेकी छिन् ।

भारतको संविधानमा सहमति सहितको यौन सम्बन्धका लागि केटी पक्षको उमेर १८ वर्षमाथि हुनुपर्छ भने केटाको २१ वर्षमाथि हुनुपर्छ ।

प्रहरीले महिलामाथि बाल विवाह निषेध ऐन अन्तर्गत मुद्दा चलाउने बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob