scheduleमगलवार पौष ३ गते, २०७५

यहाँ हुँदैछन् कहिल्यै नदेखिएका अनाैठो कारहरुको प्रदर्शनी

एजेन्सी, १७ म‌ंसिर । लस एन्जलस अटो शो २०१८ को सुरुवात भैसकेको छ । अघि झैं यसपटक पनि केही शानदार र अनौठो मोडलका कारहरु त्यहाँ प्रदर्शनमा राखिएका छन् । त्यस प्रदर्शनलाई अवलोकन गर्न मानिसहरु टाढा टाढाबाट आइरहेका छन् ।

प्रत्येक वर्ष कन्भेन्सन सेन्टरमा आयोजना हुने उक्त अटो शोलाई विश्वकै सबैभन्दा ठूलो अटो शो मानिन्छ ।

शोमा प्रदर्शन हुने प्रत्येक कारको आफ्नै विशेषता छ । त्यहाँ देखाइने सवारीहरुमा कार, ट्रक, एसयूवी र विद्युतीय कारहरु पनि हुन्छन् ।

त्यहाँ अवलोकन गर्दा हुने एउटा फाइदा भनेको त्यहाँ लग्जरी गाडीहरुको टेस्ट ड्राइभ पनि गर्न सकिन्छ । त्यहाँ राखिने सम्पूर्ण कारले सबै उमेरका मानिसहरुलाई आकर्षित गर्छ ।

तर त्यहाँ प्रवेश गर्नका लागि नेपाली रुपयाँ ११ सय देखि १६ सयसम्म टिकटको मूल्य पर्छ ।

३० नोभेम्बरबाट शुरु भएको उक्त प्रद्धर्शनी त्यहाँ ९ डिसेम्बरसम्म चल्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob