scheduleमगलवार पौष ३ गते, २०७५

ठाउँ नपाएपछि पूजारीले मुसलमानका लागि खोलिदिए मन्दिरको द्वार, परिसरमै पढे नमाज

एजेन्सी, १८ मंसिर । आगामी २०१९ मा हुने भारतको आम चुनावका लागि मतदाताहरुलाई आफ्नो पक्षमा पार्न त्यहाँका राजनीतिक दलहरु विभिन्न फण्डा अपनाइरहेका छन् । त्यसैमध्ये धार्मिक मुद्दाले अहिले विश्वभरी नै चर्चा पकडीरहेको छ । विजेपीजस्तो सत्ताधारी राजनीतिक दलले खेलेको धार्मिक कार्डले अहिले त्यहाँ विस्तारै धार्मिक हिंसा र अन्तरद्वन्द्धको माहोल निम्त्याउने खतरा देखिएको छ । हाल उत्तर प्रदेशको सत्तामा आसिन विजेपीका हिन्दू राष्ट्रवादी नेता योगी आदित्यनाथले त मुस्लिम धर्म अनुसार राखिएका त्यहाँका विभिन्न स्थलका नामलाई हिन्दू धर्म अन्तर्गतका नाममा परिणत पनि गरेका छन् । बाबरी मस्जिदलाई ध्वस्त बनाई राम मन्दिर निर्माण गर्ने योजनाले त्यहाँ थप संघर्षको खतरा उत्पन्न गराएको छ ।

जहाँ एकातिर राजनीतिक दलहरु आफ्नो स्वार्थका लागि मानिसहरुलाई धर्मका नाममा विभाजन गरिरहेको छ भने अर्कोतिर उत्तर प्रदेशकै नजिक बुलंद शहरको नजिक एक मन्दिरका पूजारीले मुसलमान समुदायलाई मन्दिर परिसरमा नमाज पढाएर भाइचारा र एकताको उदाहरण दिएका छन् ।

राम रहीमलाई एक शुत्रमा कायम गर्ने यी पूजारीको जोडदार तारिफ गर्दै छन् अहिले त्यस क्षेत्रका मुस्लिम समुदायका मानिसहरु । सामाजिक सञ्जालमा पनि यो मन्दिरमा नमाज पढेको तस्वीर निकै भाइरल भैरहेको छ ।

नारसन क्षेत्रको लिब्बरहेडी गाउँ निवासी अय्यूब अन्सारीको अनुसार शनिबार उनी १०, १५ जना मानिसहरुसँग मिलेर ट्रकमा बसी बुलन्दशहरमा आयोजित इज्तमा सहभागी हुन जादैँ थिए । जब दिउँसोको समयमा उनीहरु जैनपुर गाउँको नजिक पुगे तब उनीहरुको ट्रक जाममा फँस्यो । तब त्यस समयसम्म नमाज पढ्ने समय भैसकेको थियो । त्यसपछि उनको दल सडकको नजिक रहेको शिव मन्दिरको वरपर नमाज पढ्नका लागि ठाउँको खोजी गर्न शुरु गर्यो । त्यसै समय मन्दिरका पूजारीले उनीहरुलाई देखे पूजारीले उनीहरुलाई सोधेपछि उनीहरुले सबै बताए ।

त्यसपछि पूजारीले उनीहरुलाई चिन्ता नलिन भन्दै मन्दिर परिसरमा नमाज पढ्न अनुमति दिए । साथै पूजारी र ग्रामिण जनताहरुले नमाज पढ्नेलाई वजूका लागि पानीको व्यवस्था पनि मिलाइ दिए । त्यसपछि उनीहरुले नमाज पढ्न शुरु गरे ।

पूजारी सहित गाउँलेहरुले पनि त्यहाँ हिन्दू मुस्लिम भाईचाराको मिसाल कायम गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob