scheduleमगलवार पौष ३ गते, २०७५

आफ्नो डेब्यू फिल्मलाई प्रचार गर्न साराले लेखिन् यस्तो पत्र

एजेन्सी, १८ मंसिर । सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदरनाथ’ रिलिज हुन अब मात्र तीन दिन बाँकी छ । यसकारण सारा आफ्नो पहिलो फिल्मको प्रचारका लागि निकै मेहेनत गरिरहेकी छिन् । उनी दैनिक कुनै न कुनै टिभी शो र अन्तरवार्तामा देखा परिरहन्छिन् ।

उनको प्रत्येक अन्तरवार्ताको फिल्म उद्योगमा चर्चा भैरहेको छ र सबै पत्रकारहरु उनको स्पष्ट हिन्दी र आत्मविश्वासको तारिफ गरिरहेका छन् ।
साराको आत्मविश्वास र मिडियामा उनको चर्चालाई देखेर उनी नवोदित अभिनेत्री भएको कुनै भान हुँदैन । आफ्नो सौन्दर्यता र साधारण जीवनशैलीका लागि चर्चित सारा मिडियाको प्रिय बनेकी छिन् ।

पत्रकार र फोटोग्राफर्सहरुको मद्दतले सबैको मुटुको ढुकढुकी बनेकी साराले ती पात्रहरुलाई आफ्नो जीवनको अहम् हिस्सा भएको बुझेर सायद उनीहरुका लागि केही विशेष गर्ने प्रयास गरेकी छिन् । यसका लागि साराले पत्रमार्फत तमाम पत्रकार र फोटोग्राफर्सहरुलाई धन्यवाद दिएकी छिन् साथै उनले ती सबैलाई कफिका लागि पनि निमन्त्रणा दिएकी छिन् ।

साराले लेखेकी छिन्, ‘मेरो डेब्यु अघि मलाई यति धेरै अटेन्शन दिएकोमा धन्यवाद छ । यदि तपाईहरुसँग समय छ भने मसँग कफि पिउन आउनुहोला । म आभारी हुनेछ ।’

साराको यो पत्र अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

सुशान्त राजपूतसँग सारा अली खानको पहिलो फिल्म ‘केदारनाथ’ ७ डिसेम्बरमा रिलिज हुँदैछ । यो फिल्म एउटा प्रेम कथा हो जसलाई केही वर्ष अघि उत्तराखण्डमा आएको बाढीको पृष्ठभूमिमा देखाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob