scheduleमगलवार पौष ३ गते, २०७५

मोजाको ग्लोभ्स र पर्दाको गाउनमा प्रतिस्पर्धामा उत्रिएकी अभावले ग्रस्त ती मिस युनिभर्स

एजेन्सी, १८ मंसिर । अहिले जताततै विश्व सुन्दरी २०१८ को चर्चा चलिरहेको छ । सबैको मुखमा आफ्नो मनपर्ने प्रतिपर्धीको दावेदारीको गुणगान घन्किरहेको छ । यसैबीच आज हामी तपाईलाई एकजना त्यस्ती सुन्दरीको बारेमा बताउन जाँदैछौं जसले मोजाको ग्लोभ्स र पर्दाको गाउनबाट देशभित्रको सुन्दरी प्रतिस्पर्धालाई उछिन्दै ब्रह्माण्ड सुन्दरीको गरिमामय गन्तव्यसम्म आफ्नो यात्रा तय गरिन् ।

हजुर ती सुन्दरी अरु कोही नभएर भारतका लागि पहिलो ब्रह्माण्ड सुन्दरीको टाइटल जित्ने बलिउड अभिनेत्री तथा मिस इन्डिया सुस्मीता सेन हुन् । यो कुरा धेरैलाई थाहा छैन जब सुस्मीताले ब्रह्माण्ड सुन्दरीको गौरवमय इतिहास रच्नु अघि घरेलु प्रतिस्पर्धामा लागिरहँदा उनीसँग एउटा गतिलो गाउन र ग्लोभ्स खरीद गर्ने पैसा थिएन ।

साधारण परिवारसँग सम्बन्ध राख्नु सुस्मीताको बलिउड र फेशन उद्योगसँग टाढाको पनि कुनै सम्बन्ध नै थिएन । त्यस्तो अवस्थामा मिस इन्डियाको प्रतिस्पर्धामा प्रवेश गर्न लागेकी सुस्मीताले त्यस समय आफ्नो सौन्दर्यताले विश्वलाई मात खुवाएकी मोडलिङ क्षेत्रमा स्थापित एश्वर्या रायसँग प्रतिस्पर्धा गर्नुपर्ने थाहा पाएपछि पहिले त प्रतिस्पर्धाबाट बाहिरिनका लागि आफ्नो नाम नै फिर्ता लिएकी थिइन् तर पछि आमाको गाली र हौसला पाएर उनी प्रतिस्पर्धाको मञ्चमा त पुगिन् तर त्यहाँको यात्रा पनि कहाँ सजिलो रह्यो र !

सुस्मीताले एक अन्तरवार्तामा बताए अनुसार त्यहाँ भाग लिनका लागि प्रतिस्पर्धीहरुसँग महंगा डिजाइनका कपडाहरु हुन आवश्यक थियो तर सुस्मीतासँग यति पैसा थिएन की उनी प्रतियोगिताको चार राउण्डका लागि महंगो कपडाहरु खरीद गर्न सकून् । तर उनले त्यस जटिल परिस्थितीलाई आफ्नो धैर्यता र दिमागले पार लगाइन् । सुस्मीता आफ्नी आमासँग दिल्लीको सरोजनी नगर मार्केट गइन् जहाँ उले पर्दाको कपडा र एक जोर मोजा खरिद गरिन् । उनको घरमुनि एकजना दर्जी बस्दथे जसलाई उनकी आमाले त्यही पर्दाको कपडा थमाई दिदैँ भनिन्, ‘टिभीमा आउनु छ, राम्रो कपडा सिलाई दिनु है ।’

सायद तपाईलाई यो सुनेर अचम्म लाग्नसक्छ रैम्प वाकमा सुस्मीताले जुन ग्लोभ्स आफ्नो हातमा लगाएकी थिइन् वास्तवमा त्यो मोजाबाट बनाइएको थियो । यसरी नै उनले सन् १९९४ को मिस इन्डियाको टाइटल जित्न सफल भइन् ।

तर यतिमै कहाँ थामियो र सुस्मीताको यात्रा ! त्यही वर्ष कोलम्बियाको सुन्दरीलाई पछि पार्दै सुस्मीताले विश्व ब्रह्माण्ड सुन्दरीको टाइटल पनि आफ्नो नाममा लेखाइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob