scheduleआइतवार भाद्र ८ गते, २०७६

‘१२ दिनमा १५० बलात्कारको मुद्दा’


एजेन्सी, १८ मंसिर । बितेको १२ दिनमा बलात्कार र यौन हिंसाबाट पीडित भएका दक्षिण सुडानका १५० भन्दा धेरै महिला र युवतीहरुले मद्दत खोज्दै अगाडी आएको तीनवटा संयुक्त राष्ट्रसंघीय संस्थाका प्रमूखहरुले बताएका छन् ।

युएनको बालबालिका संस्था युनिसेफका प्रमूख, हेनरिइटा फोर, युएन सहयोगी प्रमूख मार्क लोकक र युएन जनसंख्या कोषका निर्देशक नटालिया कानेमले जारी गरेको एउटा वक्तव्यको अनुसार देशको उत्तरी शहर बेन्ट्युमा सशस्त्र कपडामा आएका पुरुषहरुले हमला गरेका थिए ।

ती तिनैवटा संस्थाहरुले त्यस्ता हमलाहरुलाई भत्र्सना गर्दै दक्षिण सुडानका प्रशासनसँग अपराधीहरुलाई कानुनको कठघरमा उभ्याउन सुनिश्चित गर्नुपर्ने आह्वान गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage