scheduleबिहिवार भाद्र ५ गते, २०७६

बलात्कार गरी गर्भ बोकाएको आरोपमा सवइञ्जिनियर पक्राउ


चौतारा, १८ मङ्सिर । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि सो गाउँपालिकामा कार्यरत जाजरकोट निवासी सवइञ्जिनीयर दीपक कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले बताए ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफू तीन महीनाको गर्भवती भएको थाहा पाएपछि किटानी जाहेरी दिएकी थिइन् । पीडकले पनि स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage