scheduleमगलवार पौष ३ गते, २०७५

सबै बलिउड स्टारलाई पछि पार्दै अगाडी आए सलमान र सन्नी लियोनी

एजेन्सी, १९ मंसिर । साल २०१८ को अन्तिम महिना चलिरहँदा इन्टरनेटको सर्च इंजिन ‘याहू’ले २०१८ को आफ्नो रिव्यू जारी गरेको छ । ।

याहूले आफ्नो रिभ्यूको सूचीमा दिपिका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, सोनाली बेन्द्रे र आलोक नाथसहित धेरैजना बलिउड स्टारलाई स्थान दिएको छ । तर तीमध्ये सबैभन्दा बढी चर्चा बुटेल्ने स्टार सलमान खान र सन्नी लियोनी बनेका छन् ।

याहूको २०१८ को रिव्यू सूचीमा सन्नी लियोनी र सलमान खानको नाम सबैभन्दा माथि आएको छ । सन्नी लियोनीले याहूको सूचीमा सबैभन्दा धेरै खोजी गरिने हिरोइनको स्थानमा अगाडी आएकी छिन् भने सलमान सबैभन्दा धेरै खोजीने अभिनेताको स्थानमा आएका छन् ।

यसैवर्ष सन्नी लियोनीको बायोपिक ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ स्ट्रीमिङ प्लेटफर्म जिफाइफमा रिलिज भएको थियो । दर्शकहरुले उनको बायोपिकलाई निकै मनपराएका छन् ।

यााहूको अनुसार दिपिका पादुकोण, रणवीर सिंह, तैमूर अली खान, प्रियंका चोपडा, निक जोनस, सोनाली बेन्द्रे, प्रिया प्रकाश वारियर र आलोक नाथसँग जोडिएका समाचारहरु सबैभन्दा बढी खोजी गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob