scheduleबुधवार भाद्र ४ गते, २०७६

बलात्कार बढेपछी बालिकाहरुलाई स्वःआत्मरक्षा सीप सिकाउँदै नगरपालिका

भक्तपुर, २० मंसिर । बलात्कार, बालिका हिंसा र दुर्व्वयवहारका घटना बढ्दै गएपछि सुर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई स्वःआत्मरक्षा सीप सिकाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरीय बाल कल्याण समिति, युवाका साथ साथ आवाज नेपाल, युवालय र ओरेक नेपालको आयोजनामा मंगलबार र बुधबार गरी दुईदिने बालिका सम्मेलनको आयोजना गरेर आत्मरक्षा सम्बन्धी सीप प्रदान गरिएको हो ।

नगरपालिकाले आफ्नो १० वटै वडाका ११ देखी १९ बर्ष उमेर समुहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरेको हो । वडाका अन्य बालिकाहरुलाई पनि त्यो सीप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए ।

प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत बिनियोजन गरेको जानकारी गराए । बालिका सम्मेलनले ९ बुँदे घोषणापत्र एवम् प्रतिबद्धतापत्र पनि जारी गरेको छ ।

प्रतिबद्धतापत्रमा नगर क्षेत्रका बालिका तथा किशोरीहरुमा हुने सबै प्रकारका यौनजन्य दुर्व्यवहार, हिंसा एवम् विभेद सामाजिक कुसंस्कार र हानीकारक मान्यता अन्त्य गर्न अनुगमन गर्ने भनिएको छ ।

साथै महिला, किशोरी र बालिकामैत्री नगरपालिका निर्माण गर्ने नीति समेत नगरपालिकाले अंगिकार गरेको जनाएको छ । सम्मेलनमा ११० बालिकाको सहभागिता थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage